site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

महाधिवेशनका नाममा नेताहरू भिड जुटाउन र देखाउन व्यस्त छन् । उनीहरूको यही मूर्खताका कारण कोभिड-१९ को महामारी फैलने डर फेरि बढेको छ ।

देशभित्र दिनहुँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या केही बढी भए पनि सङ्क्रमण रोकिएको छैन । यसैबीच दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ प्रकार देखिएको समाचारले विश्व स्वास्थ्य स‌ङ्गठनले समेत सावधान गराइसकेको छ ।

कोभिड-१९ विरुद्धको खोप अभियानको प्रगति निराशाजनक नभए पनि विभाजन कायमै छ । गाउँका गरिब र अपेक्षाकृत पहुँच नहुनेहरूले अझै पनि खोप पाएका छैनन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

खोप नपाएकाहरूलाई खोजेर खोपाउने परम्परा सरकारी संयन्त्रमा छैन । खोप केन्द्रसम्म पुग्ने नसकेर खोप लगाउन नपाउनेहरू आफू सङ्क्रित भएर सजिलै सङ्क्रमणका कारक बन्नसक्छन् ।  

उता देशका सबै ठूला राजनीतिक दलको महाधिवेशन भइरहेको छ । नेकपा (एमाले)कै शैली अरू दलले पनि अपनाए भने एकैपटक सङ्क्रमण देशव्यापी र भयावह हुनसक्छ ।

Royal Enfield Island Ad

गएको वर्ष सङ्क्रमण अपेक्षाकृत मत्थर भइसकेका बेला राजनीतिक दलहरूले भिडभाड प्रदेशन गरे । त्यसपछि सरकारले लामो समयसम्म निषेधाज्ञा लागू गरेको थियो ।

कोभिडको नयाँ स्वरुप ‘ओमिक्रोन’को अध्ययन भइरहेकाले संसारका विभिन्न देशले आवतजावतमा पुनः कडाइ गरेका छन् । नेपालमा भने भिड बटुल्ने होड सुरु गरिएको छ । 

अहिले पनि त्यही अवस्था दोहोरिने खतरा कायमै छ । सरकार वा राजनीतिक नेतृत्व जिम्मेवार भइदिने हो भने जनताले सामान्य सावधानीमात्र अपनाएर दैनिक कामकाज गर्न पाउँथे ।

सरकार र विशेषगरी राजनीतिक नेताहरू गैरजिम्मेवार भएकाले जनताले नै बढी सावधानी अपनाउनु जरुरी देखिन्छ । विशेषगरी विद्यालय, सार्वजनिक यातायात, बजार, कलकारखानाजस्ता भिडभाड हुने क्षेत्रमा पूर्ण सावधानी अपनाऊँ ।

केन्द्रीय महाधिवेशन गर्न बाँकी नेपाली कांग्रेसलगायतका दलका नेताले पनि एमालेको सिको गरेर भिड देखाउनुको साटो स्थितिको गम्भीरता बुझेर संयम र सुझबुझ अपनाउन् । सत्तामा हुनेहरू बढी जिम्मेवारी हुनु पनि त पर्छ नि !  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro