site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

संसद्को सबैभन्दा ठूलो प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दसौं महाधिवेशनको शुक्रवार चितवनमा भव्यरूपमा उद्घाटन भएको छ । उद्घाटन समारोहको भव्यताले प्रतिस्पर्धी दलका नेताहरूलाई ईर्ष्या नै लागेको हुनुपर्छ ।

समारोहको भव्यताबाट उद्घाटनको प्रत्यक्ष प्रसारण हेर्ने दर्शकलगायतका सर्वसाधारण चकित भएका छन् । एमालेका नेता, कार्यकर्ता र शुभेच्छुक पक्कै पनि उत्साहित भएको हुनुपर्छ । यद्यपि, बन्द सत्र र निर्वाचन परिणाम पनि अपेक्षाअनुरूप भएमात्र उनीहरूको उत्साह दिगो हुनेछ ।

उद्घाटन समारोह हेर्दा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीप्रति आकर्षण बढेको पनि स्पष्टै देखिन्छ । यसले जनस्तरमा एमालेलाई कति लाभ हुन्छ भन्ने भने आगामी निर्वाचनमा नै परीक्षण हुनेछ ।

KFC Island Ad
NIC Asia

संस्थापक नेताहरू अलग्गिँदा र सत्ता गुमाउनुपर्दा समेत एमालेको सान र साख बचाउनमात्र होइन बढाउनसमेत सफल देखिएका अध्यक्ष ओली पुनः अध्यक्ष हुने पनि निश्चितै छ । यसैले महाधिवेशनपछि पनि एमालेको नीति र देशको राजनीतिमा खासै अन्तर भने पर्ने देखिँदैन ।
  
एमाले महाधिवेशन सम्भवतः सबैभन्दा ठूलो राजनीतिक भेला हुनपुग्यो । कम्युनिस्ट पार्टीको परम्परागत शब्दाडम्बर खासै नदोहोरिनु पनि एमाले महाधिवेशनको नयाँ पक्ष हो । एमालेका नेताहरूले यही शैली कायम राख्न सके भने नेपालको राजनीतिमा यसबाट सकारात्मक प्रभाव नै पर्नेछ ।  

कहिल्यै मिलेर बस्न नसक्ने नेपालका कम्युनिस्ट नेताहरूलाई देशी विदेशी शक्तिले फुटाएको भन्नु हास्यास्पद हुन्छ । यद्यपि, केही कम्युनिस्ट नेताहरूका लागि यो भ्रम थेगो नै बनेको छ । एमाले महाधिवेशनको उद्घाटन समारोहले पनि यो हास्यापद पाखण्डलाई आधारहीन सिद्ध गरिदिएको छ ।

Royal Enfield Island Ad

नेतृत्व चयनमा विधानको पालना हुने र लोकतान्त्रिक प्रक्रिया अपनाइयो भने एमालेको लोकतान्त्रिक साखमा वृद्धि हुनेछ । अहिलेको अवस्था हेर्दा अध्यक्ष ओलीले चाहेमात्र पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया पनि अभ्यास हुनसक्ने देखियो । सम्भवतः अध्यक्ष ओली अहिले एमालेमा कम्युनिस्ट पार्टीमा भनिनेजस्तो ‘प्राधिकार’ बन्न पुगेका छन् ।

एमाले महाधिवेशनमा लागेको भिडका कारण बिरामी बोकेको एम्बुलेन्ससमेत ६ सडकै रोकिएको घटना अस्तव्यस्तताको उदाहरण पनि बन्न पुगेको छ । यस्तै अस्तव्यस्तता र तामझाम एवं व्यक्तिपूजाको भने अरू दलले कहिल्यै सिको नगरेकै बेस हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग एकीकरण गरेर नेकपा (नेकपा) बनेपछि एमालेका नेता कार्यकर्ताको एउटा पङ्क्तिमा बढी ‘लाल’ देखिन थालेको थियो । अहिले, अध्यक्ष ओली र उनको समूह अपेक्षाकृत बढी गेरुवा हुनपुगेको देखिन्छ । यस्ता ‘अति’हरू देश र जनताका लागि हानिकारक हुन्छन् ।

दसौं महाधिवेशनपछि नेकपा (एमाले) इमानदार, पाखण्डरहित, देशप्रति जिम्मेवार जनमुखी राजनीतिक दल बन्न सकोस् । महाधिवेशन निर्विघ्नतापूर्वक सफल होस् भन्ने शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ११:४५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro