site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

आआफ्ना दलका आसन्न महाधिवेशनमा पार्टी कब्जा गर्न अर्जुन दृष्टि राखेर अगाडि बढेका  सत्तारूढ र विपक्षका नेताहरूलाई हुम्लाको भोकमरीको खबरले खासै छोएन । त्यसो त ‘ठूला’ नेताहरूले बेवास्ता गरेकैले विकट हुम्लाबाट हुम्ली जनप्रतिनिधि संघीय राजधानी काठमाडौं आउनु परेको हो ।

हुम्लामा बर्सेनि खाद्यान्नको अभाव हुन्छ । पञ्चायत कालदेखि नै राज्यले देशका दुर्गम भेगमा मूलतः ढुवानीमा अनुदान दिएर खाद्यान्न आपूर्ति गर्दैआएको छ ।  विडम्बना, आधा शताब्दीभन्दा बढी समय भइसके पनि अभावको समाचार बर्सेनि दोहोरिन्छ ।

मूलतः विकट हिमाली जिल्लामा खाद्यान्न आपूर्तिकै लागि सरकारले ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ नामको अलग्गै संस्था पनि बनाएको छ । सधैँजस्तै यस वर्ष पनि कम्पनीले बेलैमा खाद्यान्न उपलब्ध गराउन सकेन । 

KFC Island Ad
NIC Asia

हुम्लाका लागि पठाउन भनी खरिद गरिएको खाद्यान्न सुर्खेत, धनगढी र नेपालगन्जका गोदामहरूमा थन्क्याइएको छ । एकातिर भोकमरी हुने र अर्कातिर चामल गोदाममै थन्किने अवस्था कम्पनी व्यववस्थापनको निकम्मापन पुष्टि हुन्छ ।

विगत केही वर्ष हुम्लाको उत्तरी भेगमा चीनको बाटोबाट खाद्यान्न पठाउने गरिन्थ्यो । कोभिड (१९ को महामारीपछि भने चीनले नेपालसँग आवतजावत गर्ने अधिकांश नाका बन्द गरेको छ । हुम्लाको उत्तरी भेगमा अहिले उत्पन्न खाद्य सङ्कटको एउटा कारण चीनले नाका बन्द राख्नु पनि हो ।

Royal Enfield Island Ad

हेलिकप्टरबाट ढुवानी गर्ने प्रावधान नभएको र स्थलमार्गबाट अहिले ओसार्न नसकिने भएकाले खाद्यान्न पठाउन नसकिएको स्पष्टीकरण खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीले दिएका छन् । तर, हिउँ पर्न थाल्नुभन्दा पहिले कम्पनीको व्यवस्थापन के हेरेर वा पर्खेर बसेको थियो ? 

सबै तहका सरकारहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट यस प्रश्नको उत्तर माग्नुपर्छ र कम्पनीको व्यवस्थापनलाई तालुकवालाले कारबाही गर्नुपर्छ । तत्कालका लागि भने हेलिकप्टरबाटै भए पनि भोकमरी परेको क्षेत्रमा खाद्यान्न पठाउन प्राथमिकता दिनुपर्छ ।

यस्तै सङ्कट दोहोरिन नदिन स्थानीय तह र प्रदेश सरकारले बेलैमा तयारी गरेको भए अहिलेको सङ्कट पक्कै आइपर्ने थिएन । तर, अहिलेको राजनीतिक र  प्रशासनिक संयन्त्रबाट सायद त्यस प्रकारको तदारुकताको अपेक्षा गर्नु मूर्खता हुनेछ ।

खाद्यान्नको अभावमा एक जना नेपालीको पनि ज्यान गयो भने सत्तामा रहेकाहरूमाथि कहिल्यै नमेटिने कलङ्क लाग्नेछ । र, त्यस अक्षम्य अपराधका लागि नेपाली जनताले कहिल्यै कमा दिनेछैनन् । यसैले तत्काल हुम्लाका साथै खाद्यान्न अभाव भएका क्षेत्रमा तत्काल आपूर्तिको व्यवस्था मिलाऊ !
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १५:१२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro