site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

विस्तृत शान्ति सम्झौता भएको १५ वर्षमा पनि दशक लामो हिंसात्मक द्वन्द्वका पीडितहरूले न्याय पाउन सकेका छैनन् । यसबीच विद्रोही माओवादीका नेताहरूसमेत पटकपटक सत्तामा पुगे पनि सङ्क्रमणकालीन न्याय सम्पादन भने कसैको पनि प्राथमिकतामा परेन ।

राज्यले मानवता विरोधी जघन्य अपराधका अभियुक्तलाई माफी नदिने  प्रतिबद्धता राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा धेरैपटक प्रकट गरेको छ । तर, वर्षको एकाधपटक सम्झनेबाहेक पन्ध्र वर्ष यताका कुनै पनि सरकारले सङ्क्रमणकालीन न्याय सम्पादनमा गम्भीरता भने देखाएनन् ।

KFC Island Ad
NIC Asia

पीडितहरूले न्याय पाउने आशा त छाडेका छैनन् तर धेरै नै हतास भइसकेका छन् । आफन्तको गैरकानुनी हत्या देखेका पीडितहरूले हत्यामा सङ्लग्न अपराधी राज्यको उच्च पदमा पुगेको  टुलुटुलु हेर्नु परेको छ । बेपत्ता पारिएकाहरू फर्केर आइहाल्छन् कि भने पर्खेर बस्नेहरूका आँखा धमिला भइसके ।

राज्यले भने सङ्क्रमणकालीन न्याय सम्पादनका नाममा राजनीतिक दलका केही थान कार्यकर्तालाई आयोगका नाममा जागिर खुवाउनेबाहेक खासै केही गरेको छैन । विडम्बना, कानुनमन्त्रीले भने सङ्क्रमणकालीन न्यायप्रति प्रतिबद्धता देखाउनुको साटो पीडितहरूले पहिल्यै अस्वीकृत गरिसकेको ‘आममाफी’ को चर्चा सुरु गरे । 

Royal Enfield Island Ad

‘बिर्सने र क्षमा दिने’ भन्न जति सजिलो छ त्यसको प्रभाव र परिणाम उत्तिकै गहिरो र दूरगामी हुन्छ । न्याय भएन वा अपराधीलाई राज्यले उन्मुक्ति दिन्छ भन्ने लाग्यो भने पीडितहरूमा प्रतिशोधको आगो दन्किन सुरु गर्नेछ । अर्कातिर, राजनीतिमा हिंसात्मक उपाय अवलम्बन गर्नेहरू हौसिनेछन् । 

यसै पनि पीडितबाहेक अरू कसैलाई राज्य वा अन्तर्राष्ट्रिय समुदाय कसैलाई पनि पीडकलाई क्षमा दिने नैतिक अधिकार छैन । अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा राष्ट्रिय कानुन अनुसार पनि सरकार वा अरू कसैलाई ‘आममाफी’ दिने अधिकार हुँदैन । 

अहिलेका सत्तारूढ गठबन्धनका नेताहरू विशेषगरी प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सङ्क्रमणकालीन न्यायको विषय उठ्नेबित्तिकै तर्सनु स्वाभाविकै हो । तर, कसैलाई जोगाउनैका लागि मानवता विरोधी अपराधका अभियुक्तलाई उन्मुक्ति  दिन मिल्छ र ?

यसैले कानुनमन्त्रीले माफी मिनाहाका ‘सगुफा’ छाड्न होइन सङ्क्रमणकालीन न्यायका मापदण्डहरूअनुरुप मानवता विरोधी अपराधमा संलग्न भएको भनी परेका उजुरीहरूको छानबिन गरी सत्य निरुपण गर्न र अपराधीलाई न्यायकव कठघरामा उभ्याउन ध्यान दिऊन् । माफी दिनु परे पीडितहरूले दिनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ११:१९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro