site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन बैंकले ब्याजदर एकल अंकमा राख्दा एनसीसीले बचतमै न्यूनतम ७.०६ प्रतिशत दिने 
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । आउँदो मंसिर १ गतेदेखि लागु हुने गरी बैंक तथा वित्तीय संस्थाले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर सार्वजनिक गर्दा २७ मध्ये २४ वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर दोहोरो अंकमा पुगेको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले जारी गरेको ब्याजदरसम्बन्धी निर्देशनानुसार वाणिज्य बैंकहरूले असोजमा मुद्दती निक्षेपमा दिएको उच्चतम ब्याजदरको औसत निकालेर १० प्रतिशतका दरले घटबढ गर्न सक्ने व्यवस्था थियो । सोहीअनुसार कात्तिक महिनाको औसत ब्याजदर ९.१२ प्रतिशतमा १० प्रतिशत थप गरेर २४ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर १०.०५ प्रतिशत कायम गरे पनि तीनवटा बैंकले भने ब्याजदर उक्त विन्दुभन्दा तल राखेका छन् ।

मंसिर महिनामा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मुद्दती  निक्षेपमा अधिकतम ९.११ प्रतिशत र बचतमा पनि सबैभन्दा कम न्यूनतम  ४.११ प्रतिशत ब्याज दिने भएको छ । यस्तै, संयुक्त लगानीको स्ट्यान्नडर्ड चाटर्ड बैंकले मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र बचतमा न्यनूतम   ४.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । यसबाहेक मेगा बैंकले पनि मुद्दती निक्षेपमा अधिकतम ९.९६ प्रतिशत र बचतमा न्यूनतम ४.९६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

KFC Island Ad
NIC Asia

राष्ट्र बैंकले मुद्दती र बचतको ब्याजरमा हुने अन्तरलाई कम गर्न भन्दै मुद्दती निक्षेपको अधिकतम ब्याजदर र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी गर्न नपाइने व्यवस्था गरेको छ । सोही नीतिको आधारमा मंसिर महिनाको लागि मुद्दतीमा १०.०५ प्रतिशत ब्याजदर प्रकाशित गरेका २७ बैंकमध्ये २३ बैंकहरूले बचतको न्यूनतम ब्याजदर ५.०५ प्रतिशत प्रकाशित गरेका छन् । तर, एनसीसी बैंकले भने मुद्दती निक्षेपमा १०.०५ प्रतिशको सीमा नाघ्न नपाउने भए पनि बचतको न्यूनतम बयाजदर नै ७.०५ प्रतिशत पुर्‍याएको छ । जुन विकास बैंक र वित्त कम्पनीले बचतमा दिने न्यूनतम ब्याजदरभन्दा बढी हो ।

२७ मध्ये २४ वाणिजय बैंकले मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर सार्वजनिक गरे पनि तीन बैंकले भने सिंगल अंकमा नै ब्याजदर राखेका छन् । आज ब्याजदर प्रकाशित गर्नुपर्ने भए पनि सोमबार दिनभरजसो बैंकरहरू ब्याजदर एकल अंकमा राख्ने भन्दै अनौपचारिक छलफलमा जुटे पनि सहमति हुन सकेन । तर, विकास बैंक र वित्त कम्पनीले भने  ब्याजदरमा भद्र सहमति गरेर अगाडि बढेका छन् ।

विकास बैंकमा एक्सेल र सिन्धुले तोडे भद्र सहमति 
विकास बैंकहरूले ब्याजदर धेरै माथि लैजाने भन्दै भद्र सहमति गरेको भए पनि क्षेत्रीयस्तरको एक्सेल डेभलपमेन्ट बैंकले भने उक्त सहमति तोडेको छ । विकास बैंकहरूमा राष्ट्रियस्तरका बैंकले १०.२५ प्रतिशत र क्षेत्रीयस्तरकाले १०.३० प्रतिशत ब्याजदर प्रकाशित गर्ने सहमति भएको एक बैंकका सीईओले बताए ।

तर, एक्सेल डेभलपमेन्ट बैंकले भने उक्त सहमति तोडेर मुद्दतीमा १०.५ प्रतिशत र बचतमा न्यूनतम  ५.५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ ।

यस्तै, सिन्धु विकास बैंकले पनि उक्त सहमति तोडेर मुद्दती निक्षेपमा १०.३८ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले बचतमा भने न्यूनतम  ५.३८ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । यी दुवै बैंकले सीईओहरूबीचको भद्र सहमति नमाने पनि राष्ट्र बैंकको निर्देशन भने कार्यान्वयन गरेका छन् ।

राष्ट्रियस्तरका विकास बैंकहरूको कात्तिकको औसत ब्याजरको आधारमा मंसिरमा १०.४४ प्रतिशत र सबै विकास बैंकको औसत ब्याजदरलाई आधार मान्दा १०.६० प्रतिशतसम्म ब्याजदर लैजाने सक्ने भए पनि ब्याजदर किन माथि लैजाने भन्दै १०.२५ र १०.३० प्रतिशतमा भद्र सहमति गरेको एक विकास बैंकको सीईओको भनाइ छ ।

विकास बैंकहरूमा राष्ट्रियस्तरकाले मुद्दतीमा १०.२५ र बचतको न्यूनतम ५.२५ प्रतिशत नै ब्याजदर सार्वजनिक गरेका छन् । क्षेत्रीयस्तरको सिन्धु र एक्सेलबाहेक नारायणी डेभलपमेन्ट बैंकले मुद्दतीमा सहमतिअनुसार १०.३० प्रतिशत नै ब्याजदर सार्वजनिक गरे पनि बचतमा भने न्यूनतम ६.७५ प्रतिशत दिने भएको छ । राष्ट्रियस्तरको शाइन रेसुंगा र क्षेत्रीयस्तरका अन्य बैंकको भने विवरण प्राप्त भएको छैन ।

यता, फाइनान्स कम्पनीले पनि ब्याजदरमा भद्र सहमति कायम गरेका थिए । कात्तिकको ब्याजरको आधारमा मंसिरमा औसतमा १०.३८ प्रतिशतसम्म जान सकिने भए पनि १०.३५ प्रतिशत ब्याजदर सार्वजिक गर्न सहमति गरेका फाइनान्स कम्पनीले मुद्दतीमा १०.३५ प्रतिशतको भद्र सहमति कार्यान्वयन गर्दा बचतमा भने  ५ प्रतिशतभन्दा कमको अन्तर राखेर ब्याजदर माथि पुर्‍याएका छन् ।

आईसीएफसी फाइनान्सले बचतमा  न्यूनतम ५.३५ प्रतिशत नै प्रकाशित गर्दा गोर्खाज फाइनान्सले ६.५ प्रतिशत, समृद्धि फाइनान्सले पनि ६.५ प्रतिशत, मञ्जुश्री फाइनान्सले ६ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सले ६.६ प्रतिशत, पोखरा फाइनान्सले ५.३५ प्रतिशत, सेन्ट्रल फाइनान्सले  बचतमा न्यूनतम ६ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।

यस्तै, रिलायन्स फाइनान्सले बचतमा न्यूनतम ६ प्रतिशत, गुडविल फाइनान्सले ५.३५ प्रतिशत, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ५.३५ प्रतिशत,  गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ७ प्रतिशत, नेपाल फाइनान्सले ६.२५ प्रतिशत र बेष्ट फाइनान्सले ६.०६ बचतमा न्यूनतम प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।

राष्ट्र बैंकले कल डिपोजिटको ब्याजदरभन्दा  बचतको न्यूनतम ब्याजदर डबल हुनुपर्ने व्यवस्था गर्दा बैंकहरूले कल डिपोजिटको ब्याजदर सोहीअनुसार प्रकाशित गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro