site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सरकारी संस्थानको एकलौटी व्यापारमा मूल्य वृद्धिलाई ‘समायोजन’ भन्ने गरिन्छ । यसैले नेपाल आयल निगमबाट अहिले गरिएको इन्धनको भाउ बढाउने कामलाई पनि मूल्य समायोजन भनिएको हुनुपर्छ । 

निगमले ‘समायोजन’को संज्ञा दिएर पेट्रोल, डिजल र एलपी ग्यासको मूल्य केही दिनभित्रै दुईपटक बढाएको छ । नेपालमा इन्धन आयात गरेर बेच्ने एकहट्टी अधिकार सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमले पाएको छ ।

एकलौटी व्यापार गर्ने सरकारी संस्थान भएकाले होला नेपाल आयल निगमविरुद्ध अहिलेसम्म ‘कालोबजार’को अभियोग पनि लागेको छैन । निजी क्षेत्रले यस्तै व्यापार अभ्यास गरेको पक्कै पनि कालोबजारसम्बन्धी ऐनअन्तर्गत कारबाही हुन्थ्यो । 

KFC Island Ad
NIC Asia

अर्कातिर,  सरकारी संस्थान भएकाले नेपाल आयल निगमले मूल्य ‘समायोजन’ गर्नेबित्तिकै सधैँ आन्दोलन हुने गरेको छ । यद्यपि, यस्ता आन्दोलनमा उपभोक्ताभन्दा प्रायः विद्यार्थी संगठनका नेता कार्यकर्ता अग्रपङ्क्तिमा देखिन्छन् ।

विद्यार्थी संगठनका नाममा हुने आन्दोलनले धेरथोर हानिनोक्सानी गरेपछि वार्ताको नाटक मञ्चन हुन्छ । ‘समायोजन’का नाममा बढाइएको मूल्य केही घटाएपछि आन्दोलन सामसुम हुन्छ । धेरै भयो यस्तै हुँदै आएको छ । 

Royal Enfield Island Ad

पेट्रोलियम पदार्थ देशमा उत्पादन हुँदैन । विदेशबाट आयात गर्नुपर्ने वस्तुको मूल्य यसैले खुला बजारको मान्यताअनुरूप निर्धारण गरिने भए मूल्य थपघट हुनु अस्वाभाविक पनि हुँदैनथियो ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण भने बजारले भन्दा सरकारी नियमअनुसार हुन्छ । मूलतः नेपालमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण सरकारी कर, निगमको भ्रष्टाचार र चुहावटका आधारमा हुन्छ । 

सरकारले पेट्रोलियम पदार्थमा विलासिताका वस्तुमा भन्दा बढी कर थोपरेको छ । तर, सार्वजनिक यातायात र कलकारखानाको सञ्चालन खर्चको मुख्य हिस्सा इन्धनका लागि गर्नुपर्ने हुन्छ । यही कारणले इन्धनको मूल्य वृद्धिले सबैतिर असर पर्छ । 

पेट्रोलियम पदार्थबाट कर उठाउनुभन्दा यसको उपभोगबाट मूल्य अभिवृद्धि गराउने उपाय सरकारले खोज्नुपर्थ्यो । तर, संविधानतः नै ‘समाजवादी’ नेपाल सरकारले भने पेट्रोलियम पदार्थमै कर थोपरेर जनताको दोहन गर्ने उपाय रुचायो ।

सरकारी संस्थान भएकाले भ्रष्टाचार, चुहावट, अदक्षता र ढिलासुस्ती नेपाल आयल निगमको पनि मुख्य विशेषता हुने नै भयो । निगमको यही ‘विशेषता’ नै मुख्यरूपमा जनताको ढाड सेक्ने मूल्य वृद्धिको कारक हो ।

निगमको भ्रष्टाचार र चुहावट रोक्ने दीर्घकालीन उपाय त पेट्रोलियम पदार्थको व्यापारमा निजी क्षेत्रलाई पनि निगमसरह सुविधा दिएर संलग्न गराउनु हो । तत्काल भने अर्थतन्त्र र जनजीवनमा प्रतिकूल प्रभाव पार्ने कृत्रिम मूल्य वृद्धि ९कालोबजारी० रोक्नु जरुरी देखिन्छ ।

सरकारले पेट्रोलियम पदार्थमा लगाएको अपेक्षाकृत चर्को कर घटाउनुपर्छ । साथै, नेपाल आयल नियमभित्रको भ्रष्टाचार र चुहावट रोक्ने तथा निगम व्यवस्थापन चुस्त बनाई बढी स्वायत्तता दिनुपर्छ । 

होइन भने बढाइएको मूल्यमा केही घटाएर आन्दोलन मत्थर पार्ने अनि भ्रष्टाचार, चुहावट र अकर्मण्यता जोगाउन भाउ बढाइरहने दुश्चक्र टुट्नेछैन । भ्रष्टहरूलाई पोस्न जनताको दोहन भइरहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १३:३४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro