site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

आज राष्ट्रिय जनगणना भइरहेको छ । देशभर एकैपटक जनसङ्ख्याको विवरण लिने कामलाई नै मूलतः राष्ट्रिय जनगणना भनिन्छ । जनगणनामा सही विवरण सङ्कलन हुनसकेमात्र राष्ट्रका लागि उपयोगी हुन्छ ।  
 
नेपालमा प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ । प्रत्येक घरमा पुगेर परिवारको विवरण सङ्कलन गरिने हुनाले जनगणना राज्यबाट ठूलो धनराशि खर्चेर गरिने सबैभन्दा ठूलो अनुष्ठान पनि हो ।
 
विसं १९६८ बाट नेपालमा जनसंख्याको गणना गर्न थालिएको थियो । विसं २०७८ सालमा हुने राष्ट्रिय जनगणना बाह्रौ‌ंं हो । कोभिड-१९ का कारण २०७८ को जेठ-असारमा गर्न लागिएको जनगणना स्थगित गर्नुपरेको थियो । 
 
समयसँगै जनगणनामा सङ्कलन गरिने विवरणमा विस्तार र परिमार्जन हुँदैआएको छ । केही साता पहिले घरपरिवार सूचीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । त्यतिबेला केही घरपरिवार सूचीकरणमै छुटेको गुनासो सुनिएको थियो ।
 
यसबीच नेपालमा राणा शासन, पञ्चायत र लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास भएको छ । राणा शासन र पञ्चायतको प्रकृति उस्तै हुकुमी भएकाले राजनीतिमा जनसङ्ख्याको विवरण निर्णायक हुँदैन थियो । यसैले सर्वसाधारणले खासै चासो पनि राख्दैन थिए ।
 
लोकतन्त्रमा भने जनसङ्ख्याको संरचना शासन व्यवस्थामा निर्णायक मानिन्छ । नेपालमा त संविधान नै समावेशी समानुपातिक प्रतिनिधित्वलाई महत्त्व दिइएकाले जनसङ्ख्याको विवरण शासनमा निर्णायक हुन्छ ।
 
यसैले राष्ट्रिय जनगणनामा मुलुकको जनसङ्ख्याको सही विवरण सङ्कलन भएमात्र यसको मूल ध्येय पूरा हुन्छ । दुर्भाग्य, केही राजनीतिक मनसुवा भएका अभियन्ताहरू जनगणनालाई प्रभावित बनाएर गलत विवरण भर्न भराउन प्रवृत्त देखिएका छन् ।
 
विशेषगरी भाषा, धर्म, संस्कृतिजस्ता विषयमा परिवारका मूली वा सदस्यलाई प्रभावित गरेर अभियन्ताले चाहेको विवरण दिन लगाउन खोजिएको देखिन्छ । उत्तरदाताले कसैको प्रभावमा नपरी दिएको जानकारीले मात्र जनगणनाका तथ्याङ्कहरू राष्ट्रिय विकासमा उपयोगी हुनसक्छन् । 
 
यसैले उत्तरदाताहरू सबैले कसैको डर वा प्रभावमा नपरी परिवारका सदस्यको अपाङ्गताको अवस्थादेखि लिङ्ग, भाषा, धर्म, जाति वा सम्प्रदायका विषयमा सही उत्तर दिनुपर्छ । यसैगरी आर्थिक विवरण दिँदा पनि कुनै जानकारी नलुकाई दिनुपर्छ । जनगणनामा दिइएको सबै पारिवारिक विवरण गोप्य रहने हुनाले हिचकिचाउनु पर्दैन ।
 
गणकहरूले पनि ‘सरकारी काम’ भनेर हेलचेक्य्राइँ नगरून् । राष्ट्रिय जनगणनामा संलग्न हुन पाउनु गर्वको विषय हो । यसैले इमानदारीपूर्वक आआफ्नो कार्य सम्पादन गर्नुपर्छ । जनसाधारणले पनि सही विवरण बताउन झर्को मान्नु हुँदैन ।  
 
बाह्रौं राष्ट्रिय जनगणनाबाट नेपाली जनताको सही र पूर्ण विवरण प्राप्त हुनसकोस् । यस महान् राष्ट्रिय अभियानमा संलग्न सबैलाई सफलताको शुभकामना ! 
 
  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १३:२२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro