site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घेराबन्दीमा पारेर मारियो भूपेन्द्रलाई, अधुरै रह्यो अमेरिका जाने सपना 

काठमाडौं । कैलाली लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल अमेरिका जाने अन्तिम तयारीमा थिए ।

काठमाडौंमा बस्ने उनी दसैं मान्न कैलाली पुगेका थिए । तर उनको अमेरिका जाने सपना भने पूरा हुन सकेन जुन अधुरै रह्यो ।

मंगलबार राति टीकापुरमा उनको हत्या भयो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका हुन् । त्यसअघि उनले काठमाडौंमा अमरिका जाने प्रक्रिया सुरु गरेका थिए । हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार उनले अमेरिका जाने प्रक्रिया अगाडि बढाएको देखिएको छ । तिहार मनाएर काठमाडौं फर्किने तयारी गरेका उनी कैलालीमा अपराधिक गिरोहको योजनामा मारिए ।

प्रहरीले हत्यामा संलग्न आरोपमा आठजनालाई पक्राउ गरेको छ । अन्य ३ जना फरार छन् ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् ।

यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह छन् । भूपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनास्थलबाट सुपप्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुपप्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार नवीन रावलको समूहले सुरुमा शाही थरका एक युवाको हत्याको योजना बनाएको हल्लासमेत चलेको छ । यद्यपी यसको पुष्टि भने प्रहरीले गर्न सकेको छैन ।

हत्याको कारण प्रहरीले केलाइरहेको छ । तर फरार रहेका नवीन रावल भने अपराधिक पृष्ठभूमिका रहेको प्रहरीले जनाएको छ ।

बडुवालको हत्या हुनुअघि उनलाई कपिल श्रेष्ठले २७ पटक फोन कल गरेको देखिएको छ । फोन कलमा उनले बडुवाललाई जसरी पनि भेट्न आउनु भनेको पाइएको छ ।

तर उनीहरुबीच भेट भने नभएको पाइएको छ । बडुवालमाथि आक्रमण गर्दा उनीसँगै न्यौपाने थरका एक साथी थिए । न्यौपाने भने ज्यान जोगाउन सफल भए । उनैले हत्यामा संलग्नहरुको पहिचान प्रहरीलाई गराएका हुन् । २७ पटक फोन गर्ने कपिलले आफूले ‘थ्रेट’ महसुस गरेपछि भुपेन्द्रलाई बोलाएको प्रहरीलाई जानकारी गराएका छन् ।

तर कुन समूह र कोबाट खतरा थियो भन्ने उनले बताएका छैनन् । कपिलको भूमिका पनि प्रहरीको शंकाको घेरामा छ ।

एक प्रहरी अधिकारीले भने, “कपिलले कल गरेर जसरी पनि आउनु भन्ने कुरा रहस्यमय छ । खतरा भए प्रहरीलाई जानकारी गराउने हो । हामी सबै पाटो केलाउने प्रयासमा छौं ।”

भुपेन्द्रको हत्या गर्नुअघि नवीनको ५–७ जनाको समूहले एक होटलमा सँगै खाना खाएको खुलेको छ ।

प्रहरीलाई थियो ‘ग्याङ फाइट’को सूचना

भुपेन्द्रमाथि आक्रमण भएको दिन टीकापुरमा विभिन्न समूहबीच ग्याङ फाइट हुने सुचना प्रहरीले प्राप्त गरेको पाइएको छ । सोही सूचनापछि प्रहरीले एक समूहका पाँच जनालाई नियन्त्रणमा समेत लिएको देखिएको छ ।

तर नवीनको समूहले भुपेन्द्रमाथि आक्रमण गर्‍यो । भुपेन्द्र समूहमा पनि थिएनन् उनीसँग एकजना मात्रै साथी थिए ।

एक अधिकारीले भने,“अनुसन्धान जटिल छ । यो धेरै ठूलो अपराधिक गिरोह देखिन्छ । लामो समयदेखि नवीनको समूह टीकापुर, चिसापानी क्षेत्रमा गुण्डागर्दी गर्दै आएको देखिन्छ । भुपेन्द्रको हत्या कारण अनुसन्धानले पुष्टि गर्ला तर घेराबन्दीमा पारेर योजनावद्धरुपमै उनको हत्या गरेको देखिन्छ ।”

नवीनकै समूहले आइतबार चिसापानीमा नेपाली सेनाका मेजरमाथिसमेत आक्रमण गरेको देखिएको छ । उनीहरुको आक्रमणबाट मेजरको टाउकोमा चोट लागेको थियो भने गाडीमा समेत तोडफोड भएको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro