
काठमाडौं । आउँदो बुधबार (जेठ २८)देखि देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ । बिहीबार (जेठ २९)देखि ‘वर्षाले राम्रै गति लिने’ मौसमविद्ले बताएका छन् ।
त्यसअघि अर्थात् अबका तीन दिन भने गर्मी बढ्ने अनुमान छ । “नेपालमा अझै तीन दिनसम्म गर्मी बढ्ने र मंगलबारदेखि पूर्वी भेगमा वर्षा सुरु हुने देखिन्छ,” त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले शनिबार (जेठ २४) दिउँसो सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
असार १ गतेसम्म मनसुन देशभरि फैलिएर केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने उनले उल्लेख गरेका छन् । “बुधबारदेखि हल्का वर्षा अधिकांश ठाउँमा हुने र बिहीबारदेखि वर्षाले राम्रै गति लिँदै असार १ गतेसम्म मनसुन नेपालभरि पुगेर केही ठाउँमा भारी वर्षासम्म गराऊला,” उनले लेखेका छन् ।
नेपालमा अझै ३ दिन सम्म गर्मि बढ्ने र मंगलबार देखि पुर्बी भेगमा वर्षा सुरु हुने देखिन्छ।
— Binod Pokharel (@BinodClimate) June 7, 2025
बुधबार देखि हल्का वर्षा अधिकाम्स ठाउँमा हुने र बिहिबार देखि बर्षाले राम्रै गति लिदै असार १ गते सम्म मनसून नेपाल भरि पुगेर केहि ठाउँमा भरि वर्षा सम्म गराउला।
Max temp and daily rain forecast pic.twitter.com/gabINuUXQq
सरदर मिति (जुन १३)भन्दा १५ दिनअगावै नेपाल भित्रिएको मनसुन अझै कोसी प्रदेशमा स्थिर छ । त्यहाँबाट अघि नबढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।