site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
फोटो फिचर
Global Ime bankGlobal Ime bank
छठका लागि गौरीघाटदेखि गुहेश्वरीसम्म सिङ्गारिँदै (तस्बिरहरू)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
SkywellSkywell

काठमाडौं । छठको दुईदिन बाँकी रहँदामा देशका विभिन्न ठाउँका गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउ र ताल पोखरीजस्ता स्थानहरूमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष रूपमा साजसज्जा गर्न थालिएको छ ।

काठमाडौंमा गौरीघाटदेखि गुहेश्वरीघाटसम्मको वाग्मती किनारलाई पूजाका लागी सिङ्गार्ने काम भइरहेको छ ।

Dabur Nepal
NIC Asia

कात्तिक २४ गते छठ पूजाका दिन दिउँसो ३ बजे छठ्ठिमाताको बासस्थानमा राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गर्ने तालिका रहेको आयोजक समितिका अध्यक्ष रामबाबु माहासेठले जानकारी दिए । छठका दिन गौरीघाटदेखि गुहेश्वरीघाटसम्म पाँच सयभन्दा बढी बर्तालु र लाखौँ दर्शनार्थीको भिड लाग्ने समितिको अनुमान  छ । गौरीघाटदेखि गुहेश्वरीघाटसम्मको घाटमा बर्तालुका लागि ११ सय रुपैयाँमा एक कोल बुकिङको व्यवस्थापनसमेत गरिएको आयोजक समितिले जनाएको छ ।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना पनि भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसारसहित अर्घ दिने गरिन्छ ।

पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास छ । छठ पर्वका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गर्ने गरिन्छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro