site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्मिथ र जडेजा टेष्ट वरियताको शीर्ष स्थानमा यथावत

काठमाडौं । अष्ट्रेलियन कप्तान स्टेभेन स्मिथ टेष्ट क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको टेष्ट ब्याट्सम्यानको नयाँ वरियतामा स्मिथ यथावत रहेका हुन् । 

आईसीसीले निकालेको नयाँ वरियतामा स्मिथ ९४१ अंक प्राप्त गर्दै शिर्ष स्थानमा छन् । टेष्ट क्रिकेटको वरियतामा इंग्ल्यान्डका जोए रुट ८८५ अंकका साथ दोस्रो र न्युजिल्यान्डका केन विलियम्सन ८८० अंकका साथ  तेस्रो स्थानमा रहेका छन्  । यस्तै भारतका चेतेश्वर पुजारा ८६६ अंकका साथ चौथो स्थानमा रहँदा भारतीय कप्तान विराट कोहली ८६२ अंकका साथ पाँचौं स्थानमा छन् ।

टेष्ट क्रिकेटकै ब्याट्सम्यानतर्फ पाकिस्तानका अजहर अली, अष्ट्रेलियाका डेभिड वार्नर, दक्षिण अफ्रिकाका क्विन्टन डी कक, इंग्ल्यान्डका जोनी ब्रिष्टो र दक्षिण अफ्रिकाकै हासिम अमला क्रमशः छैटौंदेखि दशौ स्थानमा रहेका छन् ।

टेष्ट क्रिकेटको बलिङतर्फको नयाँ वरियतामा भारतीय बलर रविन्द्र जडेजा ८९७ अंकसहित शिर्ष स्थानमा यथावत रहेका छन् । बलिङतर्फ दोस्रो स्थानमा ८४९ अंक जोडेका भारतकै रविचन्द्र आश्विन रहेका छन् । इंग्ल्यान्डका बलर जेम्स एण्डरसन ८२८ अंकसहित तेस्रो, श्रीलंकाका बलर रंगना हेराथ ८२८ अंकसहित चौथो र ८२६ अंक जोडेका अष्ट्रेलियन बलर जोश हजालवुड पाँचौ स्थानमा छन् ।

यस्तै टेष्ट बलरतर्फ दक्षिण अफ्रिकाका कागीसो राबडा, दक्षिण अफ्रिकाकै स्टेन डाले, इंग्ल्यान्डका स्टुवार्ड बोर्ड, दक्षिण अफ्रिकाका भेर्नोन पिलान्धरे र न्युजिल्यान्डका नील वाग्नेर छैटौंबाट क्रमशः दशौं स्थानमा रहेका छन् ।

आईसीसीले जारी गरेको टेष्ट क्रिकेटको अलराउण्डरतर्फ बंगलादेशका शकिब अल हसन शिर्ष स्थानमा रहदा भारतका रविन्द्र जडेजा दोस्रो र भारतकै रविचन्द्र आश्विन तेस्रो स्थानमा छन् । त्यस्तै इंग्ल्यान्डका दुई बलर मोइन अली चौथो र बेन स्टोक पाँचौ स्थानमा रहेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro