site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भगवती क्लब र किंग्स हिल प्रिमियमबीच ‘बी’ डिभिजनका लागि प्रायोजन सम्झौता

काठमाडौँ । ‘बी’ डिभिजन लिगको श्री भगवती क्लबले आफ्नो प्रायोजकका रूपमा किंग्स हिल प्रिमियमसँग सम्झौता गरेको छ । सोमबार श्री भगवती क्लब टोखाले ‘बी’ डिभिजन लिग २०८१ का लागि किंग्स हिल प्रिमियमलाई आधिकारिक प्रायोजकका रूपमा अनुबन्ध गरेको हो । 

सम्झौतामा किंग्स हिल प्रिमियमको तर्फबाट माधवप्रसाद सिलवाल र श्री भगवती फुटबल क्लब टोखाका अध्यक्ष गणेशलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।  

प्रायोजकसँग भएको सम्झौताले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भगवती क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

प्रायोजक सम्झौता कार्यक्रममा भगवती क्लबको यस संस्करणको जर्सीसमेत सार्वजनिक गरिएको थियो । सार्वजनिक जर्सीको अग्रभागमा टोखा नगरपालिकाको लोगो राखिएको छ । जर्सीको पछाडिको भागमा किंग्स हिलको लोगो रखिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro