site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
रोबोटिक्समा १३.८ अर्ब डलर लगानी गर्दै कार निर्माता एक्सपेङ

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी एक्सपेङले रोबटिक्समा लगानीको घोषणा गरेको छ । कम्पनीले ह्युमनोइड रोबोटलाई दीर्घकालीन परियोजनाका रूपमा हेरेको र १०० अर्ब युआन (१३.८) अर्ब अमेरिकी डलरसम्म लगानी गर्न सक्ने जनाएको छ ।

कम्पनीका सीईओ हे सियाओपेङले सोमबार रोबटिक्समा प्रारम्भिक लगानी सुरु गर्दै यसलाई बढाउँदै लैजाने बताए । “एक्सपेङ पाँच वर्षदेखि ह्युमनोइड रोबोट उद्योगमा काम गर्दै आएको छ र अझै २० वर्षसम्म यसमा रहन सक्छ । कम्पनीले थप ५० देखि १०० अर्ब युआन पनि लगानी गर्नेछ,” उनले भने ।

चीनको ग्वाङझाउमा आधारित ईभी निर्माता सन् २०२० मा ह्युमनोइड रोबोट उद्योगमा प्रवेश गरेको थियो । अमेरिकी कम्पनी टेस्लाको बोटलाई टक्कर दिन गएको नोभेम्बरमा यसले आफ्नो ह्युमनोइड आइरन सार्वजनिक गरेको थियो । रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro