site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
KFC Island Ad
Dabur Nepal
NIC Asia

नवलपरासी । नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । 

६ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३–७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिए । 
आचार्यका अनुसार जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु उपभोग गर्नुपर्ने देखिएको छ । उक्त मापदण्डलाई जिल्लाले पूरा गरेको छ । जिल्लामा गत आवमा १३ हजार ७१९ मेट्रिक टन स्वस्थ मासु उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

पशुपन्छीजन्य वस्तुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि भविष्यमा उक्त वस्तुको उत्पादनमा वृद्धि हुने आधार हुनुपर्ने, उपभोगका लागि अन्य जिल्लाबाट आयात गर्न नहुने र सो ठाउँका व्यक्तिले उक्त वस्तु उपभोग गर्नुपर्नेलगायत महत्वपूर्ण सूचक रहेका छन् । जिल्लालाई दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि पर्याप्त मात्रामा उत्पादन भए पनि दूध र स्वस्थ मासु उपभोग गर्नमा सर्वसाधरण सचेत नरहेको, उत्पादन दरलाई कायम राख्न र वृद्धि गर्न पर्याप्त आधार नभएको तथा स्थानीय स्तरबाट आएको तथ्याङ्कसमेत यथार्थ यकिन हुन नसककाले दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्न नसकिएको कार्यालयले जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro