site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

तिहार सुरू भइसक्यो । देउसी भैलोभन्दा पहिल्यै पटाका सुनिन थालेको छ । जुवाका खालबाट मानिसहरू समातिएका समाचार पनि आउन थालेका छन् । सायद, नेपाली तिहारको साझा विशेषता यही हो ।
 
नेपालमा पर्वहरूको धार्मिक रंग मलिनो हुँदै सा‌ंस्कृतिक चमक चहकिलो हुँदैगएको छ । दसैंजस्तै तिहार पनि कुनै पन्थ वा सम्प्रदाय विशेषमा सीमित छैन । केही वर्ष यता त छठ पर्व पहाडमा पनि मनाउन थालिएको छ । 
 
नेपालबाहेक संसारमा अन्यत्र कतै पनि सायद सहजरूपमा यस्तो सांस्कृतिक अन्तर्घुलन भएको छैन । जसरी काठमाडौं उपत्यकाका मूर्त र अमूर्त कला विश्वप्रसिद्ध छ अध्ययन गरियो भने नेपालको यो सा‌ंस्कृतिक सम्मिश्रण पनि संसरका लागि उदाहरणीय बन्न सक्छ । 
 
संस्कृति र अमूर्त सम्पदामा गौरव गर्न भने नेपालीले जानेका छैनन् । देखासिकी र खोक्रो ढोँग सजिलै र छिटै नक्कल गर्ने नेपाली सांस्कृतिक सामाजिक विशेषताप्रति प्रायः उदासीन देखिन्छन् ।  
 
बहुसंख्यक नेपालीलाई दैनिक गुजारा नै सधैँ समस्या भइरहेकाले पनि यस्तो भएको हुनसक्छ । जीविका चलाउनेबाहेक अन्त ध्यानै दिन नपाएपछि सांस्कृतिक महत्ता र त्यसमा गौरव गर्ने विषय पाखण्ड लाग्नु अस्वाभाविक होइन ।
 
नेपाली जनमानसलाई ‘समृद्धि’को सपनाले पनि उत्तिकै लोभ्याएको छ । राजनीति गर्नेहरूले समृद्धि शब्दको बढी नै प्रयोग गरेकाले जनमानस अलमलिएको हुनसक्छ । नेपाल आर्थिकरूपमा नभए पनि अरू दृष्टिबाट संसारको धेरै मुलुकभन्दा समृद्ध छ । तर, नेपाल विपन्न भएको राग बेच्ने गरिएको छ । 
 
यथार्थमा नेपाली विपन्न छैनन् । राज्यले दोहन गर्न छाड्ने वा न्यायोचित वितरण हुने हो भने नेपालले धर्तीको सौन्दर्य र स्वास्थ्य जोगाएरै पनि छिटै भौतिक सम्पन्नता पनि हासिल गर्न सकिन्छ । नेपाली जनमानसले गरिब भएको लघुताभास भने छाड्नुपर्ने हुन्छ ।
 
पशु, पंक्षी एवं मानवीय सम्मानको पर्व तिहार २०७८ ले समस्त नेपालीमा आत्मविश्वास जगाउन सकोस् । भय, भ्रम र अभावबाट मुक्त हुने अठोट सबै नेपालीमा पलाओस् । मनमा बसेको अँध्यारो हटेर भित्र र बाहिर सबैतिर उज्यालो होस् । यही शुभकामना !

तिहार २०७८ का अवसरमा हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी शुभेच्छुक र सहकर्मीका साथै समस्त नेपालीमा हार्दिक शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १५:५८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro