site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सार्वजनिक स्थलहरू हुने भिडभाड हेर्ने हो भने कोभिड-१९ को सङ्क्रमण समाप्त भइसकेको भान पर्छ । तर, महामारीकै रूपमा नभए पनि कोभिडको सङ्क्रमण बाँकी नै छ र अझै फैलन सक्छ । 

दिनहुँ घट्दै गए पनि अझै सयौंको हारामारी सङ्क्रमित देखापरिहरेका छन् । यसैगरी सङ्क्रमणबाट मर्नेहरूको संख्या पनि दुई अंकमै छ । अर्थात्, कोभिडको प्रकोप शान्त भइसकेको छैन ।
 
पूरा मात्रा खोप लगाएकाहरू पनि सङ्क्रमित भइरहेका छन् । विदेशबाट आउनेहरू नेपालमा  सङ्क्रमित भइरहेका छन् भने यताबाट जानेहरूमा कोभिड देखिएको छ । यसैले कोभिडको प्रकोप साम्य भएको ठान्नु आत्मघाती हुनक्छ ।

नेपाली समाज भने अलि बढी फुर्के छ । चाडबाड आएपछि सबैले महामारी सकिएजस्तो व्यवहार गरेको देखिएको छ । सामान्य सावधानीसमेत अपनाउनसमेत हेलचेक्य्राइँ गरिएको छ ।

KFC Island Ad
NIC Asia

विशेषगरी सार्वजनिक स्थानहरू र यातायातमा चरम हेलचेक्य्राइँ षरिएको हुन्छ । सबैभन्दा धेरै सावधानी अपनाउनुपर्ने अस्पतालहरूमा नै अन्तभन्दा पनि बढी हेलचेक्य्राइँ देखिन्छ । सार्वजनिक यातायात त्यस्तै सङ्क्रमणलाई खेलाँची ठानिने अर्को स्थान हो ।

यसरी नै सङ्क्रमण साम्य भएको ठानेर सावधानी अपनाउन बढी खुकुलो गर्ने धेरै मुलुकमा कोभिडले रूप फेरी फेरी पटकपटक आक्रमण गरिरहेको छ । राम्ररी परीक्षण गरिने हो भने नेपालमै पनि अवस्था अहिले सतहमा देखिएभन्दा गम्भीर हुनसक्छ ।

Royal Enfield Island Ad

यसैले सरकार र समाज दुवैले कोभिड-१९ को सङ्क्रमणप्रति सावधान हुन छाड्नु मूर्खता हुनेछ । कम्तीमा बालबालिकालगायत जनसङ्ख्याको ठूलो सङ्ख्यले खोप नलगाउँदासम्म सावधानी अपनाई रहनुपर्ने देखिन्छ ।

बढी भिड हुने ठाउँमा कम्तीमा मास्क लगाउने र सकेसम्म एकअर्काबीच दूरी कायमै राख्न छाड्नु भएन । अस्पतालहरू, विद्यालयहरू, सार्वजनिक सेवा प्रदायक सरकारी निकायहरूमा हुने भिडको मात्रै नियमन हुनसके सङ्क्रमण फैलने जोखिम कम हुन्छ । 

कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि तयार गरिएका संरचना र संयन्त्रको पनि उपेक्षा भएको देखिएको छ । यस प्रकारको दोहोरो उपेक्षाले कतै सङ्क्रमण फैलिहाले धान्नै नसकिने अवस्था नआओस् !

विशेषज्ञहरूले तत्काल कोभिडको अर्को लहर फैलने जोखिम नभएको बताएका छन् । तर, तिनले कोभिड समाप्त भइसकेको त भनेका छैनन् । यसैले सङ्क्रमण रोकथामका लागि अपनाउनुपर्ने सावधानी अपनाउन र उपचारलगायतका सुविधा तयार अवस्थामा राख्न खेलाँची नगरौँ । 

तिहार, नेपाल सम्वतको नयाँ वर्ष र छठ पर्व मनाउने क्रममा विशेष सावधानी अपनाउन स्थानीय सरकारहरूले पनि जनतालाई सम्झाउने र निगरानी गर्ने गरून् । सावधान कोभिड अझै बाँकी छ !        

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १४:३७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro