site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टी-ट्वान्टी विश्वकप : भारतलाई समूह चरणबाटै बाहिरिने डर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । न्युजिल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकप सुपर–१२ मा भारतलाई आठ विकेटले हराएको छ । 

टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११० रन बनाएको थियो । १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । 

जितसँगै न्युजिल्यान्डले दुई खेलबाट दुई अङ्क जोडेको छ । यससँगै न्युजिल्यान्डले समूहको शीर्ष दुईमा रहेर अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दोस्रो हारसँगै भारत समूह चरणबाटै घर फर्किने सम्भावना बलियो बनेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पहिलो खेल हारेपछि आज न्युजिल्यान्ड र भारत दुवैलाई ‘गर या मर’को अवस्था थियो । भारत र न्युजिल्यान्ड दुवै टोली पहिलो खेलमा पाकिस्तानसँग पराजित भएका थिए । 

समूह दुईमा तीन खेलबाट ६ अङ्क जोडेको पाकिस्तान शीर्ष स्थानमा छ । तीन खेलबाट ४ अङ्क जोडेको अफगानिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अङ्क जोडेको न्युजिल्यान्ड तेस्रो स्थानमा छ । नामिबिया चौथो स्थानमा हुँदा भारत पाँचौँ स्थानमा छ । स्कटल्यान्ड पुछारमा छ । 

Royal Enfield Island Ad

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । कप्तानको निर्णयलाई न्युजिल्यान्डका बलरले सही सावित गरिदिए । भारतका कुनै पनि ब्याट्सम्यानले ठुलो साझेदारी गर्न सकेनन् ।

स्पिनर इश सोधीले दुई तथा तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र टिम साउथीले एक-एक विकेट लिएपछि १०.१ ओभरमा भारतले ४८ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । सूर्यकुमार यादवको ठाँउमा टोलीमा स्थान बनाएका ओपनर इशान किशन चार रन बनाएर पवेलियन फर्किए । अर्का ओपनर केएल राहुल १८ रनमा आउट हुँदा रोहित शर्मा १४ र कप्तान विराट कोहली ९ रन बनाएर पवेलियन फर्किएका थिए ।

त्यसपछि रिशव पन्त र हार्दिक पाण्डेयाले पाँचौँ विकेटका लागि २२ रनको साझेदारी गरे । पन्तलाई १४.३ ओभरमा एडम मिल्नेले बोल्ड गरिदिए । २३ बनाएका पाण्डेयाले रविन्द्र जडेजासँग छैटौँ विकेटका लागि २४ रनको साझेदारी गरे । पाण्डेयालाई बोल्टले मार्टिन गुप्टिलमार्फत क्याच गरे । लगत्तै बोल्टले शार्दुल ठाकुरलाई पनि गुप्टिलको हातबाट क्याच गरे । 

भारतका अलराउन्डर जडेजाले अविजित २६ रन बनाए । न्युजिल्यान्डका बोल्टले तीन, सोधीले दुई तथा साउथी र मिल्नेले एक-एक विकेट लिए । 

१११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा पूरा गर्‍यो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले २० रन बनाए । डरेल मिचेलले ४९ रन बनाउँदा कप्तान केन विलियम्सन ३३ र डेभोन कोनवे दुई रनमा अविजित रहे । भारतका जसप्रित बुमराहले दुई विकेट लिए । 

भारतले आज सूर्यकुमार यादवको स्थानमा इशान किशन र भुवनेश्वर कुमारको स्थानमा शार्दुल ठाकुरलाई टोलीमा समावेश गरेको थियो । न्युजिल्यान्डले टिम सेइफर्टको स्थानमा एडम मिल्नेलाई समावेश गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  २३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro