साहित्य
दीपकराज सापकोटा
पार्थ क्लान्त छन्,
छैन गाण्डिव उठाउने पाखुरीमा कुनै बल
निरीह छन् चेली (अस्मिता) र धन आँखै अगाडि लुटिँदा
व्यथित छन् महाभारतको नायकी लाचारिमा बदलिँदा ।
अहो ! म इन्द्रपुत्र परन्तु, दिग्विजयी
अधर्म र असत्य मेरा सामु कायल परास्त
जहाँ म खडा त्यहि नै केन्द्र, त्यही नै केन्द्रित समय ।
उद्धार गर्न आएको बचेका प्रिय यदुवंशी
महिला, केटाकेटी र वृद्धवृद्धा
तीसँग रहेका सम्झना र धनमाल ।
जो यिनको र मेरो नायक थियो
त्योसमेत लाचार भएर छोडेर हिँड्यो
ऊ रणछोड त थियो नै
कर्तब्यछोड पनि भयो ।
अन्तर्दाहमा जलेको म विजय, जिष्णु अनि विभत्स
के हो यो सब अन्धकार छ ?
प्रपितामह भन्छन्, सब व्यर्थ छ, जे छ कालचक्र छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८ ०६:४६
प्रतिक्रिया दिनुहोस्