site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डीआईजी र एसएसपी थप्ने गृहको प्रस्ताव अर्थले गर्‍यो अस्वीकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमा आठ डीआईजी र १५ एसएसपी थप्ने गृह मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकार गरेको छ ।

बुधबार (हिजो) सिंहदरबारमा बसेको गृह तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको व्यवस्थापन तथा सर्वेक्षण समितिको बैठकमा अर्थ मन्त्रालयले डीआईजी र एसएसपीको बढाउन प्रस्ताव गरिएको संख्यामा सहमति दिन नसकिने जनाएको हो ।

डीआईजी र एसएसपीको दरबन्दी बढाउने प्रस्तावमा सामान्य छलफल नै नगरिएकाले अर्थका अधिकारी रुष्ट बनेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरिवेक्षण तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो । सो प्रतिवेदनमा आठ डीआईजी र १५ एसएसपी थप्ने प्रस्ताव गरिएको छ । सो प्रस्ताव अर्थले सदर गरेमा मात्रै मन्त्रिपरिषद्ले पारित गर्ने व्यवस्था छ ।

समितिको बैठकमा सहभागी एक अधिकारीले भने, “गृहले आवश्यक छलफल नै नगरेको देखियो । यसमा अर्थ मन्त्रालय सकारात्मक देखिएन । अर्थका अधिकारीहरूले त प्रष्ट रूपमै डीआईजी र एसएसपी थप्न सकिँदैन नै भन्नुभयो ।”

Global Ime bank

हालका प्रहरी महानिरीक्षक शैलेश थापाकै ब्याचीहरू एसएसपीमै अवकाश पाउने अवस्था आएकाले उनीहरूलाई डीआइजी बनाउनकै लागि संख्या बढाउने गृहकार्य गरिएको थियो । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले गएको वैशाखदेखि नै खाली रहेका एसएसपीका तीन पदमा बढुवा नगरेर डीआईजी र एसएसपीको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढाएको थियो ।

प्रहरीभित्रै डीआईजीको केही संख्या थपिए पनि एसएसपीको संख्या अहिलेकै अवस्थामा थप्न आवश्यक नरहेको आवाज पनि उठ्दै आएको छ ।

०७६ चैतमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरीमा प्रशासनतर्फका डीआईजीको संख्या घटाएर १४ बनाउने निर्णय गरेको थियो । हाल प्रहरीमा प्रशासनतर्फ १४ र प्राविधिक आठ गरी २२ डीआईजी छन् । केही महिनाभित्रै अनिवार्य अवकाशमा जाने लागेका एसएसपी हरिराज वाग्ले, पूजा सिंह, नरबहादुर खत्री, सुशील यादव, मोहन आचार्य र नलप्रसाद उपाध्यायलाई डीआईजी बनाउनका लागि दरबन्दी थप्ने प्रस्ताव गरिएको थियो । यस्तोमा डीआईजीको संख्या थपिए एसएसपीबाट अवकाशमा जान लागेकाहरू डीआईजी हुनेछन् । तर, समयमै एसएसपीको बढुवा नगर्दा सिनियर एसपी र जुनयर एसपी एकैचोटि बढुवामा पर्नेछन् ।

पछिल्लो समय सुरक्षा निकायको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच पनि विवाद बढेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC