अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आईएमई बैंकले उदयपुरको कटारी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।
बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८ १७:३२
प्रतिक्रिया दिनुहोस्