फोटो फिचर
काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्न किसान व्यस्त हुन थालेका छन् । किसान हरेकदिन बिहान फूल टिपेर दिउँसो फूलको माला उनिरहेको भेटिन्छन् । मखमली फूलको माला तिहारको भाइ टीकाको दिन दिदी–बहिनीले आफ्नो दाजु– भाइलाई लगाई दिने चलन छ । किसानले यहाँबाट प्रति गोटा २० देखि २५ रुपैयाँमा बिक्री गर्ने मखमली फूलको माला खरिद गर्न व्यापारीहरुको भीड लाग्ने गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८ १३:२१
प्रतिक्रिया दिनुहोस्