site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

कुनै पनि निहुँमा व्यक्तिको मर्यादा वा सार्वजनिक सम्पत्तिमा अतिक्रमण गर्नेहरूमाथि राज्यले प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्छ । यसैले खानेपानी तथा ढल निकास कार्यालय, जनकपुरका प्रमुखमाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही हुनु स्वाभाविकै हो ।
 
जनमत पार्टीका नामबाट केही उच्छृङंखल व्यक्तिहरूले बिहीवार कार्यालय प्रमुखलाई लछारपछार गरी नगरमा घुमाएका थिए । उनीहरूको नेता बसेकाे टोलमा खानेपानी तथा ढल निकास कार्यालयले खनेको खाडल बेलैमा नपुरेको निहुँमा जनमत पार्टीका नेता कार्यकर्ताको भिडले कार्यालयमा समेत तोडफोड गरेका थिए ।
 
कार्यालयभित्रै पसेर अपहरणका शैलीमा बन्धक बनाएर कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्दा सुरुमा धनुषाको प्रहरी प्रशासन मूकदर्शक बनेको भन्दै आलोचना भएको छ । केही बेर भिडले दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएपछि मात्र प्रहरीले हस्तक्षेप गरेको थियो ।
 
कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्नेहरूमध्ये केहीलाई पक्रेर प्रहरीले हिरासतमा लिएको छ । राजनीतिक आवरणमा गरिने यस्ता अपराधमा विगतमा हुल्याहाहरूलाई कारबाही नहुने गरेकैले जनमत पार्टीका नेता कार्यकर्ताले यो ‘पौरख’ देखाउने आँट गरेकाे हुनुपर्छ ।
 
यस उच्छृङ्खल हर्कतलाई सही बताएर जनमत पार्टीका अध्यक्षले अर्को ‘पौरख’ गरेछन् । व्यक्तिको मर्यादामा चोट पुग्ने गरी भएको उच्छृङ्खल हर्कत सही हो भन्ने लागेको हो भने तिनले यस अपराधको नैतिक जिम्मेवारी सार्वजनिकरूपमा लिने पनि हिम्मत गर्नु उचित हुनेछ ।
 
हुल्याहाहरूमाथि कानुनबमाेजिम सुरु गरिएको कारबाही बीचैमा तुहाउने काम नहोस् । साथै, असारमा खाल्टो खनेर जनताको आवागमन अप्ठेरो बनाएर छाड्ने खानेपानी तथा ढल निकास कार्यालयका प्रमुखसँग पनि सम्बन्धित तालुक कार्यालयले स्पष्टीकरण सोध्नु जरुरी देखिन्छ ।
 
काबुभन्दा बाहिरको परिस्थिति नभई कार्यालय वा ठेकेदारको हेलचेक्य्राइँका कारण जनता आक्रोशित भएका रहेछन् भने सरकारी दोषीहरू पनि कानुनबमाेजिम कारबाहीको भागी हुनुपर्छ । अनिमात्र जनमत पार्टीका हुल्याहा नेता कार्यकर्तालाई गरिएको कारबाही न्याय बन्न पुग्छ । 
 
खानेपानी तथा ढल निकास कार्यालयले खाल्टो खनेर अलपत्र छाडेको थियो भने जनमतका अध्यक्षले अगुवाइ गरेर सम्बन्धित कार्यालय वा तालुक अड्डाको ध्यानाकर्षण गरेको भए सही अभ्यास हुन्थ्यो । तिनले एक दिनमात्रै पनि विरोधमा धर्ना दिएका भए सम्भवतः धेरै समर्थन र सहानुभूति हासिल हुन्थ्यो । 
 
शान्तिपूर्ण राजनीति गर्ने प्रतिबद्धतासहित आएको जनमत पार्टीले पनि राजनीति र अपराधलाई छासमिस बनाउने अरू दलकै शैली अपनाउनु दुर्भाग्य हो । तराईमा अपराधको राजनीतिकरण बढी नै हुनेगरेको देखिएको छ । जनमत पार्टी त्यही बाटाको नयाँ यात्री बन्न पुग्यो ।

साथै, कार्यालयबाटै प्रमुखलाई अपहरण गरी भिडले नगर घुमाउँदासम्म पनि हस्तक्षेप गर्न नसक्दा धनुषा प्रशासन र प्रहरीको गम्भीर अक्षमता उजागर भएको छ । सरकारले धनुषा प्रहरी र प्रशासनका प्रमुखको कार्यशैलीमा समीक्षा गरेर सुधार वा परिवर्तन जो जे गर्नुपर्ने हो तत्काल गरोस् । यस्ता घटना दोहोरिन थाले भने राज्यको यसै पनि कमजोर विश्वसनीयता समाप्तै हुनेछ ।   
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १५:४९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro