site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी मनाइयो हाँडीगाउँको जात्रा (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजा आराधना गरी टोलटोलमा रथ घुमाएर बिहीबार काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको छ । 

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।

KFC Island Ad
NIC Asia

विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ । जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ ।  

Royal Enfield Island Ad

अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठिक उल्टो अर्थात् तल गजुर र माथि देवताको मूर्ति राखिन्छ ।

परापूर्वकालमा त्यहाँकी राजकुमारीले सत्यनारायणको अपहेलना गरेका कारणले १२ वर्षसम्म सुत्केरी हुन नसकेको र यो जात्रा गरेपछि राजकुमारी सुत्केरी भएको विश्वास रहँदै आएको छ ।

तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro