site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

नेता र कार्यकर्ताबीचको स्नेह र सद्भावको उदाहरण मानिन्थ्यो कुनै जजमानामा नेपाली कांग्रेस । विडम्बना, त्यही पार्टीमा अहिले क्रियाशील सदस्यता वितरणमा अन्याय भएको विरोधमा कार्यकर्ता अनशन बसेको महिनौ हुँदा पनि पार्टी सभापतिले वार्तासम्म पनि गर्दैनन् । 

तराईका केही जिल्लाका साथै सभापति शेरबहादुर देउवाको गृह जिल्ला डँडेलधुरामा समेत क्रियाशील सदस्यता वितरणमा अन्याय भएको भन्दै नेता कार्यकर्ताले असन्तोष प्रकट गरेका छन् । त्यही क्रममा सर्लाही कांग्रेसका कार्यकर्ता पार्टीको केन्द्रीय कार्यालयमा आमरण अनशनमा बसेका छन् ।   

KFC Island Ad
NIC Asia

पार्टी कार्यालयमा अनशन बसेका कार्यकर्तालाई बुधवार राति प्रहरीले जबर्जस्ती अस्पताल लगेको छ । यसबाट पार्टीका कार्यकर्ताप्रति शीर्ष नेतृत्वको संवेदनहीनताका साथै लोकतान्त्रिक मूल्यप्रतिको उपेक्षा पनि प्रकट भएको छ । 

अनशन गरेर निरङ्कुश राणा शासनमा पनि सत्तालाई झुकाउने बीपी कोइरालाले स्थापना गरेकै पार्टीमा पार्टी कार्यालयमा सत्याग्रहमा रहेका कार्यकर्तालाई प्रहरी लगाएर हटाएर नेपाली कांग्रेसले आफ्नै इतिहास मेटेको छ । यसका लागि इतिहासले अहिलेका सभापतिलगायत शीर्ष नेताहरूलाई पक्कै क्षमा गर्नेछैन ।

Royal Enfield Island Ad

सभापति देउवाले त क्रियाशील सदस्यता विवादमा धाँधली गर्ने आरोप लागेकैहरूलाई साथ र संरक्षण दिँदैआएका नै छन् । दुर्भाग्य, सानेपाका सत्याग्रहीको अवस्था गम्भीर भइसक्ता पनि संस्थापन इतरका नेताहरूले समेत आवश्यक संवेदनशीलता देखाएनन् ।  

नेपाली कांग्रेसको सदस्यता विवादमा कुनै पक्षको हारजित जनसाधारणको चासोको विषय होइन । तर, प्रधानमन्त्री नै सभापति रहेको दलभित्र यस प्रकार निरङ्कुश र संवेदनहीन प्रवृत्ति बढ्दा राज्यको चरित्रमा त्यसको प्रत्यक्ष प्रभाव पर्नसक्छ । यो चिन्ताको विषय हो ।

यसैगरी राजधानीमा पार्टीको केन्द्रीय कार्यालयमा सत्याग्रह गर्दा पनि आधारातमा जबर्जस्ती हटाइन्छ भने मोफसलमा लोकतन्त्रको अवस्था कस्तो होला रु लोकतान्त्रिक मूल्यको यसरी उपहास हुँदा पनि अरू दलका नेताहरू र नागरिक समाजका अगुवाहरूको अत्यासलग्दो मौन अर्को गम्भीर चिन्ताको विषय हो ।

सत्याग्रहीको माग बेलैमा न्यायपूर्वक सम्बोधन गरिएको भए स्थिति यति जटिल हुने नै थिएन । पार्टी सभापतिका रूपमा कार्यकर्तालाई काखा र पाखा गरे पनि प्रधानमन्त्री देउवाले सत्याग्रहीप्रति भने लोकतान्त्रिक मूल्यअनरूप व्यवहार गर्नै पर्छ । यसैले थप कलङ्कको भारी नबोक्ने हो भने सभापति देउवा आफैँले सत्याग्रही भेटेर उनका माग सम्बोधन गरून् ।     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १७:४४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro