site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

संसद्मा पेस गरिएका विधेयकहरू फिर्ता लिएर चालु अधिवेशन अन्त्य गराउने मनस्थितिमा पुगेको हो भने सरकार प्रतिपक्षसँग नैतिकरूपमा परास्त भएको ठहरिनेछ ।  सदन सञ्चालन गर्ने सबै प्रयत्न नगरी अन्त्य गरियो भने सभामुख पनि नैतिकरूपमा असफल सिद्ध हुनेछन् ।

प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसदहरूले प्रतिनिधि सभाका बैठकहरू लगातार अवरुद्ध गर्दै आएका छन् । आफ्नै दलका अध्यक्ष तथा संसदीय दलका नेताले दिएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदाहुँदै पनि त्यही विषयमा संसद्को बैठक अवरोध गर्नु अनुचित र असंसदीय तथा असंवैधानिक कार्य हो ।

दुई दुईपटक प्रतिनिधि सभा भङ्ग गर्ने व्यक्तिको नेतृत्वमा चलेको पार्टीले संसद् सञ्चालन हुन नदिनुलाई पनि ‘पौरख’ र ‘प्रतिष्ठा’को विषय बनाउनु त्यसो त आश्चर्यको विषय पनि होइन । तर, प्रधानमन्त्री र सभामुखले पनि सदनको सञ्चालनलाई गम्भीररूपमा लिएको नदेखिनु दुर्भाग्य हो ।

KFC Island Ad
NIC Asia

सभामुखले सदन सञ्चालनका लागि छलफल गर्न बोलाएको बैठकमा संसद् अवरुद्ध गर्दैआएको प्रमुख विपक्षी एमाले सहभागी भएन । प्रमुख विपक्ष उपस्थित नभएपछि बैठक अर्थहीन हुनपुग्यो । एमालेका नेताहरूले बैठकमै नगएर गरेको निषेधको राजनीति उनीहरूकै लागि पनि प्रत्युत्पादक ठहरिनसक्छ ।

परन्तु, एमालेकै केही नेताले सरकार र सभामुखले बैठकका लागि एमालेलाई मात्र बोलाएमा भने उपस्थित हुने अभिव्यक्ति सार्वजनिकरूपमै दिएका छन् । सम्भवतः सदन चलाउन सरकार र सभामुख दुवैका लागि यो उपयुक्त उपाय हुनसक्छ ।     

Royal Enfield Island Ad

मूलतः एमाले फुटाएर बनाइएको नेकपा (एकीकृत समाजवादी) बोलाइएको बैठकमा सहभागी नहुने अड्डी एमालेका नेताहरूको देखिन्छ । यस्तै, एमाले अध्यक्ष खड्गप्रसाद ओली संसद्को उपादेयता समाप्त भएको र आफूले गरेको विघटन सही रहेको सिद्ध गर्न चाहन्छन् होला ।

एमालेका नेताहरूका लागि संसद् सञ्चालन हुन नसके पनि खासै नोक्सान हुँदैन । तर, संसद्को उपादेयता छ भनेर विघटनविरूद्ध मुद्दा हाल्ने सत्तारुढ गठबन्धनका नेताहरूका लागि संसद चलाउन नसक्नु नैतिक पराजय स्वीकार गर्नुजस्तै हो । 

एमालेको आक्रोश सभामुखविरुद्ध केन्द्रित रहेका सन्दर्भमा सभामुख अग्निप्रसाद सापकोटा सदन सञ्चालनका लागि बढी गम्भीर हुनुपर्ने हो । संसद् चलाउन नसक्ने हो भने सभामुखको पदमा बसिरहनु शोभादायक हुँदैन । यसैले एमालेका नेतामात्र बोलाएर छलफल नगरी संसद् अधिवेशनको अन्त्य गर्नु सत्ता पक्ष र सभामुखका लागि प्रत्युत्पादक हुनेछ । 

सदन चलाउन उपाय अपनाउँदा सभामुखले कुनै पनि विषयलाई प्रतिष्ठाको विषय बनाउनु हुँदैन । सम्भवतः सभामुखको प्रमुख विपक्षसँग यति धेरै कटुता यसअघि देखिएको थिएन । यसैले पनि सभामुख सापकोटाले आफ्नो पात्रता सिद्ध गर्नुपर्छ । अन्यथा, त्यो गरिमामय संवैधानिक पदमा बस्ने नैतिक अधिकार हुँदैन ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १२:०५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro