site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

‘चियाको कपमा आँधी’ भनेजस्तै हुनपुगेको छ प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्मा भागबन्डा खोजेको चर्चा । सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायाधीशले सबै मर्यादा मिचेर मन्त्रीको भाग मागे भनेर कसरी विश्वास गर्नु ? 

विडम्बना, प्रधान न्यायाधीशले मन्त्रिपरिषद्मा भागबन्डा खोजेको समाचारलाई नेपाली समाजले सत्य ठानेको देखियो । नेपाल बार तथा सर्वोच्च बारजस्ता कानुन व्यवसायीका प्रतिनिधिमूलक संस्थाका पदाधिकारीले समेत शङ्का गरेर चिन्ता प्रकट गरेपछि अरूले पनि पत्याउने नै भए । 

सर्वोच्च अदालतका तर्फबाट समाचारको खण्डन भइसकेको छ । प्रधान न्यायाधीश राणा स्वयंले पनि समाचारको खण्डन गरेका छन् । मुलुकका प्रधान न्यायाधीशले सार्वजनिकरूपमा खण्डन गरिसकेपछि कसरी अविश्वास गर्ने ?

KFC Island Ad
NIC Asia

 आशा गरौँ, प्रधान न्यायाधीशले भाग खोजेको समाचार गलत होस् । हुनत, अब यसै पनि त्यस्ता कुनै व्यक्तिलाई मन्त्री बनाएर आफैँ बदनाम हुने मूर्खता प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पक्कै नगर्लान् । नत्र, संसदीय लोकतन्त्र नै उपहासको विषय बन्न जानेछ ।

मन्त्रिपरिषद् विस्तारमा एउटा पनि शङ्कास्पद अनुहार देखियो भने सत्तारूढ गठबन्धनका नेता र विशेषगरी प्रधानमन्त्री देउवा कठपुलती साबित हुनेछन् । यसैले पनि अब त्यस्तो कुनै व्यक्ति मन्त्रिपरिषद्मा समावेश नहुने विश्वास जागेको हो । 

Royal Enfield Island Ad

‘हावा नचली पात हल्लिँदैनु भन्ने मान्ने हो अर्थात् समाचार अलिकति पनि सत्य हो भने यो अत्यन्त गम्भीर विषय हो र यसलाई यत्तिकैमा छाड्नु देश तथा लोकतन्त्रका लागि प्रत्युत्पादक हुनेछ । यसैले प्रधानमन्त्री देउवाकातर्फबाट पनि यो समाचारका सम्बन्धमा स्पष्टोक्ति आउनु जरुरी हुन्छ ।

संवैधानिक नियुक्तिहरूमा अगिल्लो सरकारका पालामा प्रधान न्यायाधीश राणाले भाग लिएका थिए भन्ने समाचार सत्य ठान्नेहरूले त्यससम्बन्धी मुद्दालाई अस्वाभाविकरूपमा अदालतबाटै जटिल बनाइएको र निर्णय अनिश्चित भएको घटनालाई दृष्टान्तका रूपमा प्रस्तुत गर्छन् । यसैले संवैधानिक निकायको नियुक्तिको विवाद पनि पारदर्शीरुपमा चाँडै टुंगो लगाउनु जरुरी देखिन्छ ।

पत्याउने आधार कमै भए पनि साँच्चै नै प्रधान न्यायाधीशले भाग मागेकै हुन् भने प्रधानमन्त्री देउवाले गम्भीर र अप्रिय निर्णय लिन हिचकिचाउनु हुँदैन । त्यस अवस्थामा प्रधान न्यायाधीशमाथि महाभियोग लगाउन तत्काल सर्वदलीय छलफल चलाउनुपर्छ ।    

फेरि पनि आशा गरौँ, यो समाचार चियाको कपमा ल्याइएको आँधीमात्र साबित होस् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १०:३६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro