site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

हुनत, सरकारले समयैमा माग सम्बोधन गरेको भए सम्भवतः यातायात व्यवसायीले सडकै थुनेर आन्दोलन गर्ने पनि थिएनन् । तर, सरकारले भाडा समाजोजन गर्दा चित्त नबुझेको रिसमा चक्रपथमा गाडी थुपार्नु भने व्यवसायीहरूको ज्यादती नै हो ।

यातायात व्यवसायीले काठमाडौं उपत्यकाको आवागमन नै अस्तव्यस्त हुनेगरी सोमवार चक्रपथमा गाडी तेर्स्याएपछि बल्ल वार्ता हुन लागेको ट्राफिक प्रहरीले बताएको छ । यसरी सडक कब्जामा लिँदा वा लिन दिँदा जनसाधारणको आवागमनको अधिकारमा अतिक्रमण हुन्छ । 

सार्वजनिक सडक अवरुद्ध गर्नु कानुनी र सामाजिक दुवै दृष्टिबाट अपराध हो । सडक अवरुद्ध गर्नेहरूको दबाबमा सम्झौता गर्दा राज्य क्रमशः असफल हुँदै जान्छ । यसैले यातायात व्यवसायीले सडकमा गाडी तेर्स्याउँदा गम्भीर गल्ती भएको स्वीकार गरुन् ।

KFC Island Ad
NIC Asia

यातायातलगायत अरू व्यवसायीलाई पनि आफ्नो व्यावसायिक हितका लागि आन्दोलन गर्ने अधिकार हुन्छ । तर, त्यस्तो आन्दोलन गर्दा अरूको अधिकारमा अतिक्रमण गर्न पाइँदैन । सडकमा तेर्स्याउनुको साँटो आआफ्नो ग्यारेजमा गाडी राखेर असन्तुष्टि प्रकट गरेको भए नैतिक दृष्टिमा अपराध हुनेथिएन ।    

गल्ती सरकारको पनि देखिन्छ । पहिलो त चर्कै दबाब नपर्दासम्म सरकारी संयन्त्र ‘कुम्भकर्ण निद्रा’मा बस्यो । भाडा समायोजनको निर्णय गरेपछि पनि लागू गराउन चासो देखाएन ।

Royal Enfield Island Ad

अहिलेको समस्या मूलतः संघीय र प्रदेश सरकारबीच समन्वय नहुँदा उत्पन्न भएको देखियो । समन्वयको मूल दायित्व पनि संघीय सरकारकै हो । यसैले सम्बन्धित सरकारी अधिकारीले पनि आफ्नो कमजोरी स्वीकार गर्नुपर्छ ।  

सरकारी कर्मचारी र व्यावसायीबीच मिलेमतो भएको पुष्टि त हुँदैन तर व्यवहारले भने त्यतै सङ्केत गर्छ । नत्र, नेपालीहरू सबैभन्दा बढी आवागमन गर्ने दसैंकै छेकमा यातायात व्यवसायीले यसरी आन्दोलन नगर्नुपर्ने हो !

सार्वजनिक यातायातमा निजी क्षेत्रको एकलौटी छ । त्यसले पनि व्यवसायीलाई राज्यलाई अप्ठेरोमा पारे आफ्ना माग पूरा हुने विश्वास बढेको हुनसक्छ । यस्तो हर्कतले राज्य सार्वजनिक यातायात सेवा सुरु गर्न बाध्य हुनसक्छ ।

यसैले निजी क्षेत्रका यातायात व्यवसायीहरूले पनि जनतालाई धेरै सास्ती दिएर राज्यलाई हस्तक्षेपका लागि उक्साउनु प्रत्युत्पादक हुने मनन गर्नु उचित हुनेछ । राज्यले पनि यात्रुको सुविधा र सुरक्षा सुनिश्चित गर्न बढी ध्यान दिनु समयोचित हुन्छ । 

दीर्घकालीन समाधानका लागि त सार्वजनिक यातायात सेवाको अहिलेको सोच, संरचना र स्वरूपमै आमूल परिवर्तन गर्नुपर्छ । तत्कालका लागि भने व्यवसायी गैरजिम्मेवार बनेर बाटो थुन्ने काम नगरून् र सरकारी कर्मचारीले पनि दायित्व पूरा गरून् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १३:११
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro