site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

इन्टरनेट एक्काइसौ‌ शताब्दीमा अत्यावश्यक सेवा बनिसकेको छ । यसैले इन्टरनेट सेवा कुनै पनि बेला अवरुद्ध हुन नदिन राज्य नै सबैभन्दा बढी चनाखो हुनुपर्ने हो ।

विडम्बना, नेपालमा भने राज्यकै निकायहरूका कारण इन्टरनेट सेवा पनि अवरुद्ध हुन पुगेको छ । समस्या समाधान गर्नुपर्ने जिम्मेवार निकायहरू भने ‘विज्ञप्ति युद्ध’मा रमाएका छन् ।

बिजुलीको पोलमा तार तानेर इन्टरनेट सेवा विस्तार गर्नेहरूले भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले तार काटिदिएका कारण केही स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा उपभोक्ताहरू मर्कामा परेका छन् ।  

KFC Island Ad
NIC Asia

उता नेपाल दूरसञ्चार प्राधिकरणले भने सेवा अवरुद्ध बनाएकोमा विद्युत् प्राधिकरणलाई कारबाही गर्ने चेतावनी दिएको छ । दूरसञ्चारले सूचना प्रकाशित सरोकारवाला सबै पक्षबीच छलफल गरी समस्या समाधान गर्ने प्रयास भइरहेकै बेला तार काट्ने काम भएकोमा क्षोभ प्रकट गरेको छ ।

विद्युत् प्राधिकरणले पोल प्रयोग गरेबापत भाडा खोज्नु अनुचित पनि नहोला । तर, भाडा उठाउन अरू उपाय अपनाउनुको साटो तार काटेर सेवा अवरुद्ध बनाउनु भने सार्वजनिक क्षेत्रको संस्था सुहाउँदो अभ्यास होइन ।

Royal Enfield Island Ad

पोलको भाडासम्बन्धी विवाद सुरु हुनेबित्तिकै मध्यस्थताका सक्रिय हुनुपर्ने नेपाल दूरसञ्चार प्राधिकरण सेवा अवरुद्ध भएपछि मात्रै बिउँझेको छ । यथार्थमा दूरसञ्चारको गैरजिम्मेवार प्रवृत्तिले अहिलेको समस्या उत्पन्न भएको हो । 

निजी क्षेत्रका सेवा प्रदायकहरूले पनि सम्झौताका सर्तहरूअनुसार तिर्नुपर्ने भाडा तिर्न आलटाल गर्नु मनासिब होइन । उपभोक्तालाई सेवाको गुणस्तर र समयमा ढाँटेजस्तै विद्युत् प्राधिकरणको पैसा पनि नतिर्न खोज्दा अहिलेको समस्या उत्पन्न भएको न हो ।

इन्टरनेट अब अत्यावश्यक सेवा भइसकेकाले अवरुद्ध गर्नु हुँदैन । सेवा प्रदायकले पनि उपभोक्तासँग न्यायपूर्ण व्यवहार गर्नुपर्छ । गुणस्तरमा ठग्नु हुन्न भने सेवा अवरुद्ध भएको दिनको सट्टाभर्ना दिनुपर्छ ।

विद्युत् प्राधिकरणले अब अप्टिकल फाइबरलगायत तार काट्न तत्काल बन्द गर्नुपर्छ । दूरसञ्चार प्राधिकरणले यस समस्याको तात्कालिक र दीर्घकालीन समाधान खोज्नुपर्छ । नियामक निकायको हेलचेक्य्राइँका कारण सेवा अवरुद्ध हुने हो भने दूरसञ्चार प्राधिकरणको औचित्यमै प्रश्न उठ्नेछ ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकलाई भौतिक संरचना उपलब्ध गराउने र उपभोक्तालाई सुलभ दरमा उच्च स्तरको सेवा उपलब्ध गराउने दायित्व भने दूरसञ्चार प्राधिकरणको हो । पोलको भाडा दूरसञ्चार प्राधिकरणले तिरेर सेवा प्रदायकबाट उपभोक्तालाई सहुलियत दिलाउने बुद्धि यस निकायका अधिकारीलाई कहिले आउला ? 

वास्तवमा सरकार चाहिने त जनतालाई सहुलियत र सहज हुने कामका लागि न हो । सबै नियमन बजार र बाहुबलले गर्ने हो भने त राज्य नै पो किन चाहिन्छ र ? 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १२:४५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro