site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

‘भुरा माछा’लाई जाल थापेर रमाइरहेको र ‘ठूला माछा’सँग नतमस्तक देखिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग नामको संवैधानिक निकायले एकाएक प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर तरङ्ग उत्पन्न गरेको छ । अख्तियारको कारबाहीलाई त्यहाँका मुख्यमन्त्रीले भने संघीयतामाथि आक्रमणको संज्ञा दिएका छन् ।
  
हुनत यो राजनीतिक प्रतिशोध, प्रचारवाजी वा अनियमितताविरुद्धको अभियान के हो भन्ने अहिले नै किटान गर्न सकिँदैन । परन्तु, कुनै विषयको छानबिन गर्न मुख्यमन्त्रीको कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र कब्जामा लिँदैमा संघीयतामाथि आक्रमण भएको मान्न भने मिल्दैन ।

नेपालको स‌विधानमा “कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा” आयोगले अनुसन्धान गर्न गराउन सक्ने उल्लेख भएको छ । यसैले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर कागजपत्र कब्जामा दिनु संविधानको भावना विपरीत हुँदैन ।

KFC Island Ad
NIC Asia

आयोगले छानबिन गर्न लागेको साइकल खरिदमा अनियमितता भएको आरोप केही पहिलेदेखि लाग्दै आएको पनि थियो । यसमा आयोगले छानबिन गरेर उचित कारबाही गर्ने अपेक्षा राख्नु अन्यथा नहोला । परन्तु, आयोगको कामकाजमा देखिने भेदभावले भने विश्वास गर्ने आधार देखिँदैन ।

विशेषगरी सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको विभागलगायतले औल्याएका भ्रष्टाचारका केही मामिलामा अख्तियार दरुपयोग अनुसन्धान आयोगको मौन निकै रहस्यपूर्ण रहेको छ । यती, ओम्नी, एअरबसको वाइडबडी जहाज खरिदलगायतका काण्डमा मिसिल थन्क्याएर आयोगका पदाधिकारीले ‘गुन’ तिरेका त हैनन् भन्ने सन्देह जनस्तरमा छ ।

Royal Enfield Island Ad

यस्तै प्रदेश नम्बर २ का जस्तै अनियमितताका घटना अरू प्रदेश विशेषगरी नेकपा (एमाले)को सरकार भएका प्रदेशमा पनि समाचार बग्रेल्ती आएका थिए । तिनमा कतै पनि छानबिन नहुँदा आयोगमा नियुक्त पदाधिकारीहरू अमुक पार्टी र त्यसमा पनि व्यक्ति विशेषप्रति ‘बफादार’ रहेको जनसन्देह नै पुष्टि हुन्छ ।

आयोगका पदाधिकारीले कसैको इसारा वा स्वार्थका लागि संवैधानिक निकायको पदको दुरुपयोग गरे भने त्यो राष्ट्रघात ठहरिनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आगोगलगायत राज्यका निकायहरूको अकर्मर्ण्यताले अहिले राज्यप्रति नै जनविश्वास खस्किएको छ ।

जनस्तरमा समेत चर्चा भएका र राज्यका अन्य जिम्मेवार निकायले औँल्याएका अरू अनियमिततामा समेत निष्पक्ष छानबिन गरेर आयोगका पदाधिकारीले आफ्नो निष्पक्षता सिद्ध गरून् १ नत्र, प्रदेश नम्बर २ का मुख्यमन्त्रीको आरोप सही ठहरिनेछ ।


  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १४:१८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro