site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

'झिल्के विकास'का भक्तहरू 'भ्युटावर' बनाउन जतिसुकै मरिहत्ते गरुन् राष्ट्रलाई चाहिने त पुस्तकालय नै हो । नेपालका ‘कायापलटवादी (गेम चेन्जर )’ मानुन् नमानुन् सभ्य सहरको पहिचान भने त्यहाँका शौचालय र पुस्तकालयको अवस्थामा  झल्किन्छ । 

काठमाडौंलगायतका नेपालका सहरहरूमा शौचालय र पुस्तकालय या त छँदै छैनन् नभए अत्यन्त दयनीय अवस्थामा हुन्छन् । यथार्थमा अहिलेको अवस्था हेर्दा यही काठमाडौं कुनै जमानामा संसारका उत्कृष्ट सहरसँग दाँजिनसक्थ्यो भने पत्याउनै सकिन्न ।

केही वर्ष यता शासकहरूमा झिल्के विकासको मोह बढ्दै शैक्षिक सम्पदाको नासमास वा उपेक्षा गर्ने क्रम पनि बढेको छ । सधैँ  नै राज्यबाट उपेक्षित पुस्तकालयहरूको अवस्था २०७२ को भूकम्पपछि त झन् दयनीय भएको छ । दुर्भाग्य, पुस्तकालय निर्माण त परै रहोस् पुस्तकहरूको संरक्षणमा समेत तीनै तहका सरकारहरू निस्पृह देखिएका छन् । 

KFC Island Ad
NIC Asia

काठमाडौंको भृकुटीमण्डपस्थित पुरानो बसपार्कको सार्वजनिक जमिन पनि झिल्के विकासको ुभाइरसुबाट सङ्क्रमित भएको  छ । कथित 'भ्युटावर' बनाउने भन्दै काठमाडौं महानगरपालिकाले व्यक्ति विशेषलाई सुम्पेको यो जमिनलाई अहिले सहरलाई कुरुप देखाउन उपयोग भइरहेको छ । 

यसरी खेर गइरहेको संरचनामा पुस्तकालय निर्माण गर्ने अत्यन्त उपयुक्त सुझाव नागरिक अगुवाहरुले दिएका छन् । त्यो जमिन स्थानीय बासिन्दाले सार्वजनिक प्रयोगका लागि दिएकाले पनि त्यहाँ पुस्तकालय सञ्चालन गर्नु न्यायोचित हुनेछ । यसमा जनताको जमिन लिएर व्यक्तिलाई पोस्ने नकाम जो गरेको छ ।   

Royal Enfield Island Ad

नागरिक अभियन्ताहरूले मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी पुरानो बसपार्कमा बनेको संरचनालाई राष्ट्रिय पुस्तकालयमा परिणत गर्न सुझाव दिएका छन्। पक्कै पनि राष्ट्रपतिको कार्यालयले उनीहरूको सुझाव कारबाहीको लागि सरकारलाई पठाउनेछ । मन्त्रिपरिषद्ले नै यसलाई महत्त्व दिएर कार्यान्वयन गराउनुपर्छ । 

राष्ट्रिय पुस्तकालयको अहिलेको अवस्था र भृकुटीमण्डपमा बनाउने भनेको कथित टावरको विवादास्पद स्थति हेर्दा पनि सरकारले उनीहरूको सुझाव कार्यान्वयन गर्नु बुद्धिमानी हुने देखिन्छ । काठमाडौं महानगरपालिकाले पनि यो सुझाव कार्यान्वयनमा भाँजो हाल्नुपर्ने कारण देखिँदैन । 

अभियन्ताहरूले पनि राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएपछि काम सकिएको नठानून् । आवश्यकताअनुसार नागरिक समाजका अरू अगुवाहरूको पनि सहयोग लिएर पनि यस अभियानलाई सफल बनाउन उनीहरूको निरन्तरको सक्रियता आवश्यक हुन्छ । 

सबै कानुनी र व्यावहारिक अप्ठेरा मिलाएर निर्माधीन संरचनामा बसपार्क र पुस्तकालय सञ्चालन गर्न सरकारले पनि गम्भीरता देखाओस् । नागरिक स्तरबाट दिइने यस्ता सुझाव स्वीकार गर्ने सरकारलाई नै जनताले आफ्नो ठान्छन् । कमिसनको चक्करले यसमा  ठक्कर नदिए हुन्थ्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १३:५७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro