site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

राजनीतिक दल विभाजन सहज बनाउन सरकारले गत भदौ २ गते जारी गराएको राजनीतिक दलुम्बन्धी अध्यादेश सोमबार खारेज गराएको छ । यो “तत्काल केही गर्न आवश्यक परेमा” सरकारले अध्यादेश जारी गराउन सक्ने संवैधानिक व्यवस्थाको दलविशेषको राजनीतिक स्वार्थ पूरा गर्न गरिएको चरम दुरुपयोग हो । 

दल विभाजन गर्न ऐनले तोकेको सङ्ख्या घटाइएको अध्यादेश जारी भएपछि संसद्को सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र चौथो ठूलो दल जनता समाजवादी पार्टी फुटाइयो । अब यही प्रावधान प्रयोग गरेर फेरि दल विभाजन हुने भयले अध्यादेश खारेज गरियो । 

यथार्थमा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रकरणमा सरकारले लाजसमेत लजाउने गरी संवैधानिक प्रावधानको दुरुपयोग गरेको देखिन्छ । संसद् छलेर शासन गरेको आरोप लगाएर  अगिल्लो सरकार हटाउनेहरूले यस प्रकारको दुरुपयोग गर्नु लज्जास्पदमात्र हैन चिन्ताजनक अभ्यास पनि हो ।

KFC Island Ad
NIC Asia

संविधानतः मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले दायाँबाँया गर्ने ठाउँ छैन । तर, यसरी संसद् अधिवेशन अन्त्य गरेको भोलिपल्ट अध्यादेश जारी गर्ने र संसद्मा पेस भइसकेको अध्यादेश खारेज गर्ने मन्त्रिपरिषद्को सिफारिस नेपालको संविधान, २०७२ को भावना अनुरूप थिएन ।

यसैले “पालन र संरक्षण” गर्ने दायित्व भएकी राष्ट्रपतिले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भए संवैधानिक दायित्व पूरा हुन्थ्यो । तर,  अगिल्लो सरकारका यस्तै संविधानको मर्म प्रतिकूलका सबै क्रियाकलापमा ‘सहयोगी’ बनेकी हुनाले सम्भवतः उनले आँट नै गरिनन् ।  

Royal Enfield Island Ad

सत्ता स्वार्थका निम्ति संविधानको मूलमर्ममा प्रहार गर्न नहिचकिचाउने अभ्यास नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री थालिएको थियो । अहिले त्यसबाट सबैभन्दा बढी क्षति पनि एमालेलाई नै भयो । नेताहरूले केही पाठ सिके होलान् त ! * यसैबीच अध्यक्ष ओलीले अध्यादेश फिर्ता लिएकोमा सरकारको चर्को आलोचना गरेका छन् । आफैँले सुरु गरेको विकृत बाटामा अहिलेको सरकार पनि चल्दा ओली त खुसी पो हुनुपर्ने हैन र ?*

अध्यादेश काण्डबाट सरकार र संसद्को अपमान तथा अवज्ञा भएको छ । यसबाट प्रधानमन्त्री शेरबहादुर देउवाको निधारमा कलङ्कको अर्को टीका थपिएको छ । आशा गरौँ, संवैधानिक प्रावधानको दुरुपयोग गरेर संविधानमाथि नै प्रहार गर्ने यस्तो अभ्यास यही प्रकरणबाट अन्त्य होस् । 

सामान्यतः संसद्ले बनाएको ऐनमा अध्यादेशबाट संशोधन गर्नु संसदीय लोकतन्त्रको मर्मविपरीत हो । तत्काल केही गर्न जारी गरिएको अध्यादेश पनि संसदीय परीक्षणको विषय बनाउनै पर्छ । यसैले अब संसद् छलेर शासन गर्ने दुश्चेष्टा सरकारले कहिल्यै नगरोस् । 

* थप गरिएको*

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १२:१४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro