site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
लेवनडोवस्की गोल गर्न चुके, बायर्नको शीर्ष स्थानमा अग्रता बढायो
SkywellSkywell

काठमाडौं । बायर्न म्युनिख फरवार्ड रोबर्ट लेवनडोवस्की गोल गर्न चुकेका छन् । क्लबको कीर्तिमानी लगातार १९ खेलमा गोल गर्ने पोल्यान्डका फरवार्ड लेवनडोवस्की शुक्रबार राति जर्मन बुन्डेसलिगामा नव प्रवेशी ग्रेउथर फुर्थविरुद्ध गोल गर्न असफल भएका हुन् । तथापि दश खेलाडीमा सीमित बायर्न ३–१ ले विजयी भयो ।

लेवनडोवस्कीले ४०औं मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । यससँगै उनी ग्रेड मुलरको कीर्तिमानी बराबरी गर्नबाट चुके । मुलरले बुन्डेसलिगाको १६ खेलमा लगातार गोल गरेका थिए । लेवनडोवस्कीले बुन्डेसलिगा, लिग कप र च्याम्पियन्स लिगमा गरी लागतार १९ खेलमा गोल गरेका हुन् । गत १५ फेब्रुअरीमा अर्मिनिया विलफिल्डविरुद्धको खेलयता लेवनडोवस्कीले सबै खेलमा गोल गरेका थिए । 

KFC Island Ad
NIC Asia

यसै सिजन बुन्डेसलिगामा उक्लिएको फुर्थले खेलेका ६ खेलमा जित निकाल्न सकेको छैन । एक खेल बराबरी खेलेको फुर्थले बाँकी पाँच खेल हारेको छ ।

फुर्थविरुद्ध बायर्नले थोमस मुलरको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो । क्यानडाका रक्षक अल्फान्सो डेभिसले काउन्टर अट्याकमा अगाडि बढेर लेफ्ट विंग्सबाट गरेको क्रस विपक्षी खेलाडीमा डिफ्लेक्सन भएर मुलरको खुट्टामा पुगेको थियो । कसैको निगरानीमा नरहेका मुलरले कुनै गल्ती नगरी बललाई पोष्टका दिशा दिएका थिए । 

बायर्नका लागि दोस्रो गोल जोशुवा किमिचले गरे । किमिचले पनि मुलरकै शैलीमा गोल गरेका थिए । उनका लागि लोरोए सानेले क्रस गरेका थिए । ४८औं मिनेटमा रक्षक बेन्जामिन पाभार्डले रातो कार्डको सामना गरेपछि बायर्न दश खेलाडीमा सीमित भयो । घरेलु टोलीलाई पुनरागमन गर्ने मौका भए पनि त्यसको फाइदा लिन सकेन । 

६८औं मिनेटमा सेबास्टिन ग्रिसबेकले गरेको आत्मघाती गोलमा बायर्नले अग्रता बढायो । खेल सकिन दुई मिनेट बाँकी हुँदा सेड्रिक इटेनले गोल गरे पनि फुर्थलाई पुनरागमनका लागि धेरै ढिला भैसकेको थियो । 

‘‘हामीले जुन प्रदर्शन गरिरहेका छौं त्यसबाट खुसी छौं । र प्रत्येक नयाँ खेल शून्यबाट शुरु हुन्छ । हामीले अझै सुधार गर्न सक्छौं,’’ जारी सिजन लिगमा दोस्रो गोल गरेका मुलरले भने ।

बायर्नले गत साता अर्को नवप्रवेशी टिम बोचुमविरुद्ध ७–० को फराकिलो जित निकालेको थियो । यो जितसँगै बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ । बायर्नले ६ खेलबाट १६ अंक जाडेको छ । जुन दोस्रो स्थानको उल्फ्सबर्गभन्दा तीन अंकले अगाडि हो । फुर्थ भने एक अंकका साथ लिगको अन्तिममा छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro