site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अबदेखि दुवै डोज खोप लगाएका पर्यटक क्वारेन्टिन बस्न नपर्ने
फाइल तस्बिर ।

काठमाडौं । कोभिड–१९ विरुद्धको दुई डोज खोप लगाएका पर्यटकलाई नेपाल आउने प्रक्रियालाई सरल बनाइएको छ । दुई डोज खोप लगाएका पर्यटक अब होटेल क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था सरकारले गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीले कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाएकालाई क्वारेन्टिन बस्नपर्ने व्यवस्था हटाइएको बताए । यो व्यवस्था शुत्रबार (असोज ८) गतेदेखि नै लागु हुने उनले बताए ।

यसैगरी सरकारले अनअराइभल भिसा खुला गरेको पनि उनले जानकारी दिए । 

मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको ‘यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८’ जारी गर्दै नेपाल आउँदा नेपाली नागरिकले पालना गर्नुपर्ने नियम र विदेशी पर्यटकले पालना गर्नुपर्ने नियमबारे व्यवस्था गरेको छ ।

नेपाल आउने विदेशी नगारिकले पुरा गर्नुपर्ने सर्तहरूमा कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धी अनुमतिको प्रतिलिपि, नेपालमा होटेल बुक गरेको प्रमाण र सीसीएमसीको अनलाइनबाट फरेको फारमको प्रिन्ट प्रति पनि हुनुपर्ने छ ।

कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएका विदेशी नागरिकले सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउने चाहने कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले सम्बन्धित नेपाली नियोगमा भिसाका लागि आवदेन गर्दा भिसाको लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको हुनुपर्ने छ ।

नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्ने छ । त्यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा अनिर्वाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा पठाउनुपर्ने व्यवस्था पनि आदेशमार्फत गरिएको छ ।

यसैगरी स्थलमार्गबाट नेपाल प्रवेश गर्नेहरूले नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको विदेशबाट नेपाल आउने व्यक्ति गर्नुपर्ने फारम सीसीएमसीको वेबसाइटबाट भर्नुपर्ने र त्यसको प्रिन्टप्रति साथमा रहेको भारतीय नागरिकले नेपाल भारत सीमाको स्थलमार्गबाट नेपाल प्रवेश अनुमति दिइनेछ । 

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतबाहेक अन्य मुलुकका नागरिकको हकमा कोडिभ–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको, नेपा प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको, नेपाल आउँदा पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेको र अध्यागमन बिन्दुमा एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइने आदेशमा भनिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro