site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

खुला छाडिएको सार्वजनिक ढललाई सरकारी धराप भन्नु अत्युक्ति नहोला । धरापमा परेर कसैको मृत्यु भएमा त्यसको दोष पक्कै सरकारमाथि नै जान्छ । यसैले मंगलवार साँझ बूढानीफकण्ठ नगरपालीका ( १२ कपनको मिलन चोकमा ढलमा खसेर बालक बेपत्ता भएको घटनाको मूल दोषी सरकार नै ठहर्छ । 
 
ढलको पाइप खुलै छाडिएकाले त्यस प्रकारको दुःखद घटना भएको यो पहिलोपटक होइन । यसैगरी सहरी क्षेत्रमा मान्छेको ज्यान जोखिममा पर्नेगरी ढल र खाडल खुला छाडिएको पनि कपनमा मात्र होइन । यसैले पनि यो दुःखद घटनालाई भवितव्य मान्न सकिँदैन । 
 
तिनै अभागी बालकलाई लक्षित गरेर त्यो ढलको धराप थापिएको पक्कै होइन । तर, त्यस्तै प्रकृतिका दुर्घटना पटकपटक हुँदा पनि ज्यानमारा धरापको जोखिम बेवास्ता गर्ने सम्बन्धित अधिकारीहरू यस दुःखद घटनाका निम्ति जिम्मेवार भने हुन् ।
 
जनताको ज्यान जोखिममा पर्नेगरी हेलचेक्य्राइँ गर्दा पनि सजाय नहुने सरकारी अभ्यासले गर्दा अरू ठाउँमा  त्यस्तै जोखिम हुँदा पनि बेवास्ता गर्ने  प्रवृत्ति कर्मचारीहरूमा रहेको छ । कर्मचारीकै देखासिकी र सहमा निर्माण व्यवसायीले पनि यस्ता गम्भीर प्रकृतिका हेलचेक्य्राइँ गर्दै आएका छन् ।
 
यस्ता मानव निर्मित जोखिम र तिनबाट हुने क्षतिमा सम्बन्धित सरकारी अधिकारीलाई व्यक्तिगतरूपमै जिम्मेवार नबनाउँदासम्म सरकारी धराप थाप्ने काम रोकिने पनि देखिँदैन । यस्तै, सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले पनि यसमा उन्मुक्ति पाउनु हुँदैन । 
 
सरकारले यस्ता घटनाबाट सिकेर पनि सडकलगायत सार्वजनिक स्थानमा जोखिम हुने अवस्था उत्पन्न हुन नदिनु पर्ने हो । तर, नेपालका सरकारी कर्मचारीले अहिलेसम्म जनसाधारणका हुने जोखिमलाई गम्भीरतापूर्वक लिने गरेका छैनन् । 
 
सञ्चार माध्यमले घटनापछि ध्यान दिने गरे पनि अपेक्षित निरन्तरता दिने गर्दैनन् भने नागरिक समाजका अगुवाहरूको ध्यान पनि यस्ता विषयमा जाने गरेको देखिएको छैन । 
 
अर्थात्, राज्यमात्र होइन समाज पनि जनताको ज्यानै जानसक्ने विषयमा समेत उदासीन हुँदैआएको छ । सम्भवतः सबैभन्दा चिन्ताको विषय यही हो । सरकारी कर्मचारी वा ठेकेदारको हेलचेक्य्राइँप्रति समाजको यस प्रकारको उदासीनता पनि यस्ता घटनामा उत्तिकै दोषी देखिन्छ ।
 
यसैले सहरको सुन्दरता, सुविधा र सुरक्षा सबै बिगार्ने यस्ता जोखिमपूर्ण धराप अन्त्य गर्न अभियानै चलाउनु आवश्यक देखिन्छ  ।  तर, दोषी व्यक्ति सरकारी कर्मचारी र ठेकेदारलाई कारबाही नगरी यस्तो अभियान सफल हुँदैन । कपनमा ढलको धराप थाप्नेलाई कारबाही गरेर यो अभियान सुरु गरियोस् । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १२:४४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro