site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको अघिल्तिर तोप पड्काउँदैमा संविधान दिवस हुँदैन : दमननाथ ढुंगाना
SkywellSkywell

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान दिवस राजनीतिक पार्टीदेखि विद्यालय र सरकारका निकायहरूले पनि मनाउनुपर्ने बताएका छन् । आइतबार संविधान दिवका अवसरमा महेन्द्रनारायाण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा ढुंगानाले सरकार र राजनीतिक दलहरूले संविधानको मर्म बुझ्न वा बुझाउन नसकेको बताए ।

उनले आफ्नै पार्टी नेपाली कांग्रेसले संविधान दिवसको मर्म छुनेगरी नमनाएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

Dabur Nepal
NIC Asia

“हाम्रो पार्टीले संविधान दिवस मनाउन सर्कुलर किन गरेन ? के हाम्रो पार्टीले संविधानको मर्म किन बुझेन ?,” पूर्वसभामुख ढुंगानाले प्रश्न गरे, “प्रधानमन्त्री गएर सेनाले तोप पड्ककाएर मात्र संविधान दिवस मनाएर हुन्छ ?” उनले संविधान भनेको के हो भनेर भनेर कनै नेताले छलफलसमेत नगरेको पनि बताए ।
 
“संविधान दिवस किन मनाउने भन्ने कांग्रेसले सिकाउनुपर्दैन ?,” ढुंगानाले भने, “प्रत्येक वर्ष विद्यालय पुगेर मनाओस्, हरेक अधिकार त संविधानबाट सुरु हुन्छ नि !”

उनले संविधान दिवस किन र कसरी मनाउनु पर्छ भन्ने कुरा राजनीतिक पार्टी र सरकारका निकायहरूले स्थापित गर्नुपर्ने बताए । 
संविधानका कमी कमजोरी औँल्याएका ढुंगानाले संविधानलाई सुधार गरेर लगे त्यही संविधान दीर्घकालसम्म रहने बताए ।
 
“हरेक संविधान पूर्ण हुँदैन योमा पनि खराबी छ,” ढुंगानाले भने, “अहिलेको संविधान कम्युनिस्ट पार्टी एमाले र माओवादीग मिलेर बनेको हो, यहाँ दर्शन बाझिएको छ, यहाँको कम्युनिस्टहरू हाम्रो व्यवस्था मान्ने हुन् कि हैनन् । अझै प्रस्ट भइसकेको छैन ।”

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro