पेरिस । फ्रान्समा कोभिड–१९ विरुद्धको खोप नलगाएका स्वास्थ्यकर्मी बुधबारदेखि निलम्बित हुने भएका छन् । फ्रान्सका स्वास्थ्य अधिकारीका अनुसार अझै पनि तीन लाख स्वास्थ्यकर्मीहरूले खोप लगाएका छैनन् । केही अस्पतालले कर्मचारी अभावले तनाव थपिने चिन्ता व्यक्त गरेका छन् ।
फ्रान्समा स्वास्थ्यकर्मी, घरेलु कामदार र आकस्मिक कामदारहरूको लागि खोप अनिवार्य गरिएको छ । यस्ता कामदारहरूको लागि बुधबारसम्म कम्तीमा एक मात्रा खोप लिएको हुनुपर्ने समयसीमा तोकिएको थियो । त्यो असफल भएकाले उनीहरूले तलबी निलम्बन वा काम गर्न असमर्थ हुँदैछन् । तर, त्यहाँको अदालतले सिधै बर्खास्त गर्न भने निषेध गरेको छ ।
फ्रान्समा ९० प्रतिशत स्वास्थ्यकर्मीहरूले खोप लगाएको अनुमान गरिएको छ ।
एपीबाट ।