काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमाबार नेप्से ०.२७ प्रतिशतले वृद्धि भएर २९४७.७० अंकमा बन्द भएको छ । दिनभर तिव्र उताचढाव देखिएको बजारमा ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २९८४.३१ अंकको उच्च बिन्दु कायम गर्दा २९३९.७९ अंकको न्यून बिन्दु कायम गर्यो ।
नेप्सेमा समान्य वृद्धि भए पनि उपसूचकहरु भने मिश्रीत देखिएका छन् । बजारमा बैंकिङ क्षत्रले नेप्सेलाई उचाल्ल्ने प्रयास गरे पनि हाइड्रोपावर र लघुवित्त उपसूचकले गर्दा नेप्से बढ्ने सकेन ।
बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रसहित होटल तथा पर्यटन र व्यापार र बिमा क्षेत्रका दुबै उपसूचकमा वृद्धि भएको छ । यता, आइतबार उच्च वृद्धि भएको हाइड्रोपावर उपसूचकमान आज सवार्धिक गिरावट हुँदा उत्पादनमूलक, लघुवित्त तथा अन्य उपसूचकमा भने गिरावट भएको छ । बैंकिङ उपसूचक ०.८६ प्रतिशत, व्यापार उपसूचक ०.९७ प्रतिशत, निर्जीवन बिमा उपसूचक १.४८ प्रतिशत र जीवन बिमा उपसूचक ०.५२ प्रतिशतले वढेको छ । यता, हाइड्रोपावर उपसूचकमा २.५४ प्रतिशतको गिरावट हुुँदा उत्पादनमूलक उपसूचकमा १.३५ प्रतिशतले घटेको छ ।
नेप्सेमा उतारचढाव कायम रहँदा बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । आज नेप्सेमा १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजारको कारोबार भएको छ ।
उपसूचकम उच्च गिरावट भए पनि कारोबार रकममा भने हाइड्रोपावर कम्पनीले नै लिड गरेका छन् । अरुण भ्याली हाइड्रोपवारको ६२ करोडको कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपवारको साढे ४७ करोड र नेशनल हाइड्रोपावरको ३४ करोडको कारोबार भएको छ ।
आज नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा ७६ कम्पनीको सेयरमूल्य बढेको छ भने १०२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ७ कम्पनीको सेयमूल्य स्थिर रहेको छ । सेयरमूल्य बढेका मध्ये अजोड इनस्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको सेयमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।
सेयरमूल्य घट्नेमा जलविद्युत कम्पनी अगाडि छन् । कालिका पावरको सेयरमूल्यमा ६ प्रतिशत माथिको गिरावट हुँदा रेराङ, ग्रिनलाइफ, युनिभर्सल र माउन्टेन हाइड्रो नेपालको सेयमूल्य ५ देखि ६ प्रतिशतको चिमा घटेको छ ।