site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन गरिएको सूचना सार्वजनिक गरिएको छ । सायद, निर्वाचन समितिका पदाधिकारीले नै महाधिवेशनको कार्यतालिका परिवर्तन भएको पटक बिर्सिसके होलान् । 

यसभन्दा पहिले नेपाली कांग्रेसको महाधिवेशन यति जटिल कहिल्यै बनाइएको थिएन । प्रतिबन्धित अवस्थामा रहेका बेलामा समेत कुनै न कुनै उपाय गरेर पार्टीलाई वैधता दिने प्रयास यसका नेताले गरेका उदाहरण छन् ।

विडम्बना, यसपटक धेरै जिल्लामा क्रियाशील सदस्यता वितरणमै धाँधली गरेको आरोप संस्थापन पक्ष र त्यसमा पनि सभापति शेबहादुर देउवामाथि नै लागेको छ । सभापति देउवाको गृहजिल्ला डँडेलधुरा त धाँधलीको उदाहरणै बन्नपुग्यो । परिवर्तित कार्यतालिका  फेरि बदलिँदैन भनेर कसैले पनि ठोकुवा गर्न सक्ला र ?

KFC Island Ad
NIC Asia

सभापति देउवाका यसअघि राजनीतिमा नदेखिएका छोरालाई क्रियाशील सदस्यता दिइएको र पुराना धेरैको नाम काटिएको भन्दै पार्टीका जिल्ला सभापतिलगायत महाधिवेशन प्रक्रियामा सहभागी नभए पनि डँडेलधुरामा वडास्तरीय अधिवेशन गरियो ।

पार्टीका महामन्त्रीलगायत वरिष्ठ नेताहरूले सभापति देउवालाई भेटेर डँडेलधुरामा गरिएको बलमिच्याइँको विरोध गर्दै असन्तुष्ट पक्षको माग सम्बोधन गर्न आग्रह गरेका थिए । तर, नेताहरूलाई डँडेलधुराको वडा अधिवेशन रोक्ने वचन दिएर पनि देउवाले बलमिच्याइँ जारी नै राखे ।

Royal Enfield Island Ad

डँडेलधुरामा सभापति देउवाले नेपाली कांग्रेसको आसन्न महाधिवेशनको पूर्वाभ्यास गरेका त होइनन् भन्ने प्रश्न धेरै कांग्रेसजनको मनमा उठेको हुनुपर्छ । निर्वाचन समितिका संयोजक राजीनामै दिने मनःस्थितिमा पुग्नुले पनि स्थितिको गम्भीरताको अनुमान लगाउन सकिन्छ ।

सभापति देउवालाई धाँधली गरेरै र पुराना साथीलाई पन्छाएरै भए पनि पार्टीमा कब्जा जमाउन सके पुग्छ भन्ने लागेको देखियो । परन्तु, कुनै दिन 'सेर -ए -पश्चिम' भनेर आफ्ना नेताबाट धाप मारिएको व्यक्तिले २०४८ देखि अहिलेसम्म चुनाव जिताउने साथीहरूलाई धाँधली गरेर पन्छाउने रणनीति अपनाउनु नैतिक र राजनीतिक पतन हो । 

नेपाली कांग्रेसको अगुवाइमा नेपाली जनताले पटकपटक लोकतन्त्रका लागि आत्माहुति दिएका छन् । यसैलाई आफ्नो सफलता ठानेर होला कांग्रेसका नेताहरू कम्युनिस्टहरूलाई संसदीय लोकतन्त्रमा ल्याएको गुड्डी हाँकेर थाक्तैनन् । 

अहिले कांग्रेसको अवस्था हेर्दा भने देउवाले कम्युनिस्ट नेताहरूको पार्टी कब्जा गर्ने पद्धति पो आत्मसात गरेका रहेछन् भन्ने देखियो । महाधिवेशनसमेत निष्पक्ष नभए पार्टीमा निष्ठावान इमानदार कार्यकर्ता पार्टी त्याग गर्ने वा निस्क्रिय बस्ने बाटो अवलम्बन गर्न सक्छन् ।

यसैले नेपाली कांग्रेसका नेता कार्यकर्ता विशेषगरी देउवाकै पक्षका समेत सबैले 'एक मुठी माटो हातमा लिएर' विवेक प्रयोग गरून् । के अहिले देउवाले रोजेको बाटोले नेपाली कांग्रेसलाई एकताबद्ध बनाई राख्ला ? के उनको कार्यशैलीले लोकतन्त्र बलियो होला ? पक्कै सक्तैन !     
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १४:२६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro