site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकिङ प्रणालीमा तरलताको चरम अभाव, ‘एसएलएफ’ लिएर ऋण लगानी गर्दै बैंक
फाइल तस्बिर ।

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चरम अभाव देखिएको छ । चालु आर्थिक वर्ष लागेपछि बैंकिङ प्रणालीमा निक्षेप खासै बढ्न नसकेको तर कर्जाको माग उच्च हुँदा बैंकिङ प्रणालीमा तरलता अभाव भएको हो ।

तरलता अभाव उच्च भएपछि बिहीबार राष्ट्र बैंकले १४ दिनका लागि ३० अर्बको रिपोमार्फत बजारमा तरलता पठाउने लागेको छ । गत बिहिबार रिपोमार्फत बजारमा २० अर्ब तरलता पठाएको केन्द्रीय बैंकले उक्त रिपो आज परिपक्व हुने भएपछि पुनः आजै १४ दिनको रिपोमार्फत ३० अर्ब बजारमा पठाउन लागेको हो ।

राष्ट्र बैंकले रिपोमार्फत बजारमा तरलता पठाउँदा पनि तरलता अभाव भएपछि करिब ५ प्रतिशत अन्तरबैंक सापटी र ५ प्रतिशत ब्याजदरको ‘एसएलएफ’ बैंकहरूले चलाइरहेका छन् ।

नेपाल राष्ट्र बैंककाअनुसार भदौ २२ गते बैंकिङ प्रणालीमा २२ अर्ब तरलता रहेको छ भने औसत अन्तरबैंक ब्याजदर ४.८९ प्रतिशत पुगेको छ । जसमध्ये गत साता नेपाल राष्ट्र बैंकले रिपोमार्फत पठाएको २० अर्ब तरलता पनि हो ।

बैंकहरूको कर्जा लगानी गर्नसक्ने क्षमता रहेपनि प्रणालीमा तरलता अभाव हुँदा ५ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकबाट एसएलएफ लिएर कर्जा लगानी गरिरहेको छन् । आज (भदौ २३ गते) बिहानसम्म बैंकहरूले ३४ अर्ब ‘एसएलएफ’ लिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ८५ प्रतिशतको कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गर्दै ९० प्रतिशत कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो कार्यान्वयनमा ल्याएको थियो । जसले गर्दा बैंकहरूको कर्जा लगानी क्षमतामा समेत संकुचन आएको छ । 

२०७८ भदौ २२ गतेको औसत सीडी रेसियो ८७.३६ प्रतिशत रहेको छ । यसले ४६ खर्ब ८४ अर्बको बैंकहरूको कुल निक्षेपमा १ खर्ब हाराहारी कर्जा लगानी गर्ने क्षमता रहेको देखाउँछ । तर, बैंकहरूसँग अहिले तरलता अभाव भने रहेको देखिन्छ ।

३० अर्बको रिपोमा ७५ अर्बको आवेदन
आजैमात्र राष्ट्र बैंकले बजारमा तरलता पम्प गर्न जारी गरेको ३० अर्बको रिपोमा बैंकहरूले साढे ७५ अर्ब भन्दा बढीको आवेदन दिएका छन् । आजको रिपोको औसत ब्याजदर ४.७९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप बढ्न सकेन, आयातले कर्जाको माग बढयो
गत आर्थिक वर्षको अन्त्यमा सरकार परिवर्तन भएको र नयाँ सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्न लागेकोले बजेट खर्च हुन सकेको छैन । महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको सरकारको रेभिन्यू एक खर्ब ४४ अर्ब ६२ करोड हुँदा सरकारको बजेट खर्च ५७ अर्ब ८५ करोड मात्रै रहेको छ ।

बैंकिङ प्रणालीमा रहेको पुँजी आयातमा उच्च परिचालन र सरकारी ढुकुटीमा राजस्वको रूपमा जम्मा हुँदा बैंकहरूको निक्षेप बढ्ने सकेको छैन । २०७८ असार मसान्तमा ४२ खर्ब १ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप भदौ १८ गते आउँदा ४१ खर्ब २९ अबर्् मात्रै रहेको छ । तर, यस अवधिमा कर्जा लगानी भने करिब एक खर्बले बढेको छ ।

२०७८ भदौ मसान्तमा ३७ खर्ब २१ अर्ब रहेको वाणिजय बैंकहरूको कर्जा लगानी भदौ १८ गते आउँदा बढेर ३८ खर्ब १९ अर्ब पुगेको छ ।

आयात उच्च हुँदा कर्जा विस्तार बढेको तर सकारको बजेट खर्च नहुँदा र रेमिट्यान्समा कमी आउँदा निक्षेप बढ्न नसकदा बैंकिङ प्रणालीमा तरलता अभाव भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । भारतमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीले गर्दा भारतीयसँगै नेपाली मुद्रा बलियो बन्दा विदेशमा रहेको नेपालीले पठाउने रेमिट्यान्स होल्ड गरेको हुनसक्ने, जसले गर्दा चालु आर्थिक वर्षमा रेमिट्यान्समा कमी आएको श्रेष्ठ बताउँछन् । आजै मात्र राष्ट्र बैंकले टीआर लोनको अवधि घटाएकाले अब आयातमा केही कमी आएर अवस्था केही सहज हुनसक्ने उनले बताए ।

यद्यपि चालु आर्थिक वर्षको गत वर्षको जस्तो सहज भने नहुने श्रेष्ठको तर्क छ । अब आयात नियन्त्रण नहुने र अहिलेकैजस्तो उच्च आयात हुने हो भने विदेशी विनिमय सञ्चितिमा दबाव हुने उनले बताए ।

ब्याजदर बढाउँदै बैंकहरू
बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि बैंकहरूले ब्याजदर बढाउर निक्षेप तान्न लागेका छन् । तुलनात्मक रूपमा कम ब्याजदर दिने राष्ट्रिय वाणिज्य बैंकले बचतमा ५ प्रतिशत र मुद्दती निक्षेपमा साढे ७ प्रतिशतको ब्याजदर दिने सूचना प्रकाशित गरेको छ ।

यस्तै, बैंकले रेमिट्यान्स बचत खातामा ६ प्रतिशत र रेमिट्यान्स मुद्दती निक्षेपमा भने ९ प्रतिशतको ब्याजदर अफर गरेको छ ।

सिभिल बैंकले केही अगाडी बाटै मुद्दती निक्षेपमा ९ प्रतिशत ब्याजदर दिन सुरु गरिसकेको छ । असोज १ गतेबाट लागु हुनेगरी सार्वजनिक हुने नयाँ ब्याजदरमा सबैजसो बैंकले निक्षेपको ब्याजदर बढाउने बैंकरहरू बताउँछन् ।

अहिलेकै ब्याजदरमा कर्जा पाइने हो भने आयात नघट्ने भन्दै कर्जाको ब्याजदर केही माथि जाने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । बैंकमा निक्षेप सँगै कर्जाको ब्याजदर केही बढ्ने उनले सुनाए । अब ब्याजदर बढ्दै जाँदा बैंकहरूले कम मार्जिनमा लगानी गर्नुपर्ने उनको तर्क छ ।

तर, उनले भनेजस्तो बैंकहरूले कर्जा र निक्षेप ब्याजदर अन्तर घटाउन अवस्था भने देखिँदैन । २०७८ असार मसान्तको बैंकहरूको भारित औसत ब्याजदर पौने ४ प्रतिशत हाराहारी रहेको छ । बैंकिङ प्रणलीमा तरलता प्रशस्त हुँदा घटेको उक्त ब्याजदर अन्तर अब तरलता अभाव हुँदै जाँदा नवीकरण हुने कर्जामो प्रिमियम दर बढाउँदै गएका छन् । 

राष्ट्र बैंकले वाणिज्य बैंकले निक्षेप र कर्जाको अन्तर बैंक ब्याजदर ४.४ प्रतिशत तोकेको छ । जबकि अहिले वाणिजय बैंकहरूको औसत ब्याजदर अन्तर ३.६ प्रतिशतको हाराहारीमा छ । राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै तल रहेको ब्याजदर अन्तर थप घटाउँछन् भन्ने अपेक्षा राख्न सकिने अवस्था छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro