site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पौडी र तेक्वान्दो टोली सर्बिया जाँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आईएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी हुन १५ खेलाडीसहित २४ सदस्यीय नेपाली पौडी र तेक्वान्दो टोली बिहीबार सर्बियाको बेल्ग्रेड प्रस्थान गर्दैछ ।

सेप्टेम्बर ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पौडी खेलाडीमा अजलकाजी ताम्राकार, अल्भिन महर्जन, अनुसिया तण्डुकार, जाडेन श्रेष्ठ, तेन्जिन नाम्दोलरियन गुरुङ, टिशा चित्रकार, तेजस्वि फाइजु, पलिस्था महर्जन र यात्रा कार्की रहेका छन् । तेक्वान्दो खेलाडीमा सुजल कार्की, लवाङ लामा, शेख इरफान, प्रतिष्ठा केसी, सुविना तामाङ र सिमानी लामा छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पौडीको प्रशिक्षकमा नयना शाक्य, तेक्वान्दोको प्रशिक्षकमा रोशन बोहरा र सुवास तामाङ तथा टिम व्यवस्थापकमा सोविनराज रेग्मी छन् ।

आईएसएफ डेलिगेटमा राजकुमार कार्की, हेड अफ डेलिगसनमा मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसनमा मिना महर्जन र एडिसनल अफिसियलमा देवेन्द्र राना मगर छन् । तेक्वान्दोका राकेशकुमार राईले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

Royal Enfield Island Ad

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro