site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई महिना पुग्ने बेलासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन् । यसभन्दा पहिले दुईपटक ‘अक्षम’ घोषित गरिएका देउवालाई यही विषयले तेस्रोपटक त बनाउँदैन रु 

मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइको कारक गठबन्धनका अरू नेताहरू पनि होलान् तर दोष त प्रधानमन्त्री देउवालाई नै जान्छ । उनले त अरू कसैप्रति औँला तेर्स्याउन पाउँदैनन् ।

मन्त्रिपरिषद्को विस्तारका सम्बन्धमा प्रधानमन्त्री देउवाले केही बोलेको सुनिदैन । अरू दलका नेताहरू विशेषगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताले भने दिनहुँ मिति किटान गरिरहेका हुन्छन् ।

KFC Island Ad
NIC Asia

लाग्छ, देउवा थपनाका प्रधानमन्त्री मात्र हुन् र वास्तविक हामी हौँ भन्ने सन्देश दिने उनीहरूको नियोजित रणनीति नै हो । हुनसक्छ, देउवासँगै नेपाली कांग्रेसलाई जनताका आँखामा अक्षम बनाउने उनीहरूको ध्येय होस् !

गठबन्धनका नेता र प्रधानमन्त्रीबीचको समस्या जनताको चिन्ताको विषय होइन । आफ्ना सभापतिलाई डुवाउन दिने वा जोगाउने कांग्रेसकै अरू नेता र कार्यकर्ताले रोज्ने हो ।

Royal Enfield Island Ad

प्रधानमन्त्रीको शासन शैलीको प्रत्यक्ष प्रभाव पर्ने हुनाले सरकार सञ्चालनको विषय भने नेपाली जनताको चिन्ता र चासो हुन्छ । प्रधानमन्त्री देउवाले नेतृत्व गर्नुपर्ने वर्तमान सरकारप्रति यसैले जनताले चासो लिएका हुन् ।

मन्त्रिपरिषद्को विस्तारका सम्बन्धमा गठबन्धनका दुवै कम्युनिस्ट पार्टीका नेताले देउवालाई ‘थपनाको प्रधानमन्त्री’साबित गर्न खोजे । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा भने उनलाई खलनायक बनाउन लागेको पाइन्छ ।

एससीसीका सम्बन्धमा प्रत्येक दलले अलगअलग धारणा राख्न नमिल्ने त होइन तर एउटै गठबन्धनमा बसेर प्रधानमन्त्रीलाई असहयोग गर्नु राजनीतिकरूपमा अनैतिक अभ्यास हो । यद्यपि, अहिले राजनीति सिद्धान्त र नैतिकताहीन भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्ता सामु बोल्दा एमसीसी पास नहुने ठोकुवा गरेको समाचार सार्वजनिक भएको छ । प्रधानमन्त्री देउवाले भने एसीसीको विरोधलाई विकास विरोधी पाखण्ड घोषणा गरेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसीको बहाना झिकेर गठबन्धन टुटाउन विदेशी शक्ति लागेको ‘सगुफा’ पनि छाडेका छन् । एमसीसी पारित गराउन लागिपर्नेमा सबैभन्दा अगाडि प्रधानमन्त्री देउवा नै भएकाले दाहालको आरोप पनि देउवाप्रति नै लक्षित हुनपुग्छ ।

यसरी यो गठबन्धनका नेतामा एउटै विषयमा समेत नानाथरी मत देखिन्छ । उनीहरूले सार्वजनिक गरेका धारणाले गठबन्धन पनि पौराणिक कथाका ‘ब्रह्मा’जस्तै बहुमुखी देखिन्छ । भनिन्छ ( ‘नश्यन्ति बहुनायका’ ।   
     
एमसीसी पारित गर नगर तर जनतालाई यसरी भोरजुवामा पार्न पाइँदैन । मन्त्रिपरिषद्ले छिटो पूर्णता पाउँदा सरकार दक्षतापूर्वक सञ्चालन होला कि भन्ने जनअपेक्षा हो । तर, संविधानले नचिनेको शक्तिकेन्द्रले शासन गर्ने वा गरेको देखाउने पाखण्ड भने जनतालाई पक्कै मञ्जुर हुँदैन । 
   

 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १३:४१
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro