site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सरकारले साँच्चै नै नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउनै खोजेको हो र? हो भने यो नेपाली जनताको दुर्भाग्य त हो नै प्रधानमन्त्री शेरबहादुर देउवाका लागि पनि महँगो पर्ने निश्चित छ ।

केही दिन यता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० र दार्चुला तुइन काण्ड विरुद्ध प्रदर्शन भइरहेको छ । तिनै प्रदर्शनकारीलाई लक्षित गर्दै गृह मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिको शब्द र भाव हेर्दा सरकारको नियतमै सन्देह उत्पन्न भएको हो ।

खुसीको कुरा चाहिँ के हो भने स्वतन्त्रतामा अङ्कुश लगाउन खोज्ने सरकारी दुष्प्रयासको निकै चर्को प्रतिवाद भयो । प्रधानमन्त्री देउवाको पार्टी नेपाली कांग्रेशकै नेताहरूले अभिव्यक्ति स्वतन्त्रताका पक्षमा अडान राख्दै सरकारको विरोध गरेका छन् ।

KFC Island Ad
NIC Asia

अगिल्लो सरकारले पनि गठन हुनेबित्तिकै अनुशासन कायम गराउने नाममा काठमाडौंको माइतीघरलगायत केही ठाउँमा विरोध प्रदर्शन गर्न निषेध गरेर नेपाली जनताको नाडी छाम्ने कोसिस गरेको थियो । त्यतिबेला पनि नेपाली जनताले स्वतन्त्रताको रक्षाका लागि चर्को प्रविवाद गरेका थिए ।

अमेरिकी अनुदान सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०’को विरोध प्रायोजित देखिन्छ भने दार्चुला तुइन काण्डमा सरकारको लाछीपनले नेपाली जनमानस बढी क्रुद्ध भएको छ । नेपाली जनताको यही आक्रोश सडकमा प्रकट भएको हो ।

Royal Enfield Island Ad

सत्तारूढ गठबन्धनकै सहयोगीहरूसमेत संलग्न विरोध प्रदर्शनको शैली र औचित्यमा प्रश्न उठ्छ तर त्यो विषय नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने कारण वा निहुँँ बन्न सक्तैन । वास्तवमा कुनै पनि बहानामा नागरिकका स्वतन्त्रता कुण्ठित गर्न पाइँदैन ।

प्रधानमन्त्री देउवा लोकतन्त्रमा विश्वास गर्छन् भने जनताका असन्तुष्टिको उत्तर निषेधबाट दिन नखोजुन् । प्रदर्शनका क्रममा हिंसा वा तोडफोड भयो भने सरकारले बल प्रयोग गरेर पनि रोक्नुपर्छ । तर, पहिले नै निषेध गर्ने कानुनी अधिकार भए पनि नैतिक अधिकार सरकारसँग हुँदैन ।   

सत्तारुढ गठबन्धनमा सामेल दलका नेताले पनि सरकारको लाभ दिने तर दोषबाट उम्कने प्रयत्न गर्नु अराजनीतिक र अनैतिक आचरण हो । गठबन्धनमा रहने वा नरहने निर्णय गर्न सबै स्वतन्त्र छन् तर एउटै सरकारमा बसेर दोहोरो चरित्र देखाउनु अनुचित हुन्छ ।

प्रदर्शनकारी वा अरू कसैले पनि प्रचलित कानुनमा अपराध ठहरिने काम गरेमा राज्यको संयन्त्र परिचालन गरेर सजाय दिने दिलाउने सरकारको अधिकार र कर्तव्य पनि हो । त्यसका लागि धम्कीपूर्ण विज्ञप्ति जारी गरिरहनु पर्दैन । 

निरङ्कुश भएको कलङ्क बोक्ने रहर नभए सरकारले नागरिकको स्वतन्त्रता कुण्ठित गर्न हुँदैन ।अराजकता रोक्न सरकार निरङ्कुश हुन पर्दैन । यसैले प्रधानमन्त्री देउवाले पनि ओलीपथमै जाने कि लोकतन्त्रको बाटो हिँड्ने हो स्पष्ट पारुन् । हेक्का रहोस् नेपाली जनतालाई स्वतन्त्रता प्यारो छ ।
 
 
  
 
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ११:५५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro