काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका छन् ।
शनिबार काठमाडौं आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले नेपालले छिमेकी र अरू मित्रराष्ट्रसँग एउटै मापदण्ड अपनाउने बताएका हुन् ।
नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको उनले बताए । उनले देशको सुरक्षा र राष्ट्रिय अखण्डताप्रति कांग्रेस सधैँ सजग रहेको उल्लेख गरे ।
महतले एमसीसीमा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउने विश्वास पनि दिलाए ।
डा. महतले छिट्टै सरकारले पूर्णता पाउने स्पष्ट पारे ।
उनले कांग्रेसको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको बताए ।