site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
गर्भवती बनाएर प्रेमी फरार, किशोरीले जन्माइन् बच्चा
SkywellSkywell

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–६, पोखरभिंडाकी एक १६ वर्षीया किशोरी स्थानीय रवीन्द्र मण्डलसँग प्रेममा परिन् । दुई वर्षसम्म उनीहरूको प्रेम खुसीमय बित्यो ।

“एकार्कालाई खुबै माया गर्थ्योँ, विश्वास गर्थ्यौँ । हामीले प्रेममा परेको तीन महिनामै सँगै जीवन बिताउने वाचा गर्‍यौँ । एकार्कासँगै विवाह गर्ने कसम पनि खायौँ,” किशोरीले विगत सम्झँदै भनिन् ।

मण्डलले शारीरिक सम्बन्ध राख्न किशोरीसमक्ष पटक–पटक प्रस्ताव राखेको उनी बताउँछिन् । तर, विवाह बन्धनमा बाँधिएपछि मात्रै शारीरिक सम्बन्ध बनाउने आफूले अडान लिएको उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

केही महिनापछि मण्डलले आफूलाई माया नगरेको तर्क गर्दै पुनः शारीरिक सम्बन्ध राख्न जिद्दी गरेको किशोरीले बताइन् । “आफ्नै प्रेमीलाई विश्वास दिलाउन हामीले शारीरिक सम्बन्ध राख्यौँ,” उनले भनिन्, “त्यो निर्णयले मेरो जीवन र प्रेम बर्बादतर्फ धकेलियो ।”

किशोरी गर्भवती भएको चार महिनापछि प्रेमी मण्डलले जानकारी पाए । मण्डल सात महिनायता फरार छन् ।

न्यायको लागि गुहार मागेपछि गाउँमा दुईपटक पञ्चहरूको बैठक बस्यो । ती किशोरीकी आमाले भनिन्, “गाउँको पञ्चले मेरो छोरीको इज्जत जोगाउन कुनै प्रकारको निर्णय गरेनन् । विवाहको कुरा गर्नुपर्थ्यो, त्यो पनि गरेनन् । पञ्चहरूले पाँच लाख रुपैयाँ लिएर बच्चा फालिदिन सुझाएको थियो । तर, हामीले मानेनौँ ।”

जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गतको महिला सेलमा पीडितले विवाह गराइदिन निवेदन समेत दिइन् । तर, कतैबाट न्याय नपाएको किशोरीको गुनासो छ ।

गएको साउन ८ गते जनकपुरधामस्थित विदेह अस्पतालमा उनले छोरीलाई जन्म दिइन् । किशोरीकी आमाका अनुसार शल्यक्रिया गरी बच्चा जन्मिएको हो ।

किशोरीका बुवाको तीन वर्षअघि निधन भएको थियो । घरमा न्यायको लागि पहल गर्ने कोही छैन । आम्दानीको कुनै स्रोत पनि छैन ।

“छोरीको डेलिभरी गराउन ३६ प्रतिशत ब्याजदरमा ऋण लिएको छु । घरमा कुनै आम्दानी पनि छैन,” उनले भनिन्, “अब हामी कसरी बाँच्ने ?” डेलिभरी गराउन ६० हजार रुपैयाँ खर्च भएको उनले बताइन् ।

न्यायको लागि उनले स्थानीय नेतासँग पनि अनुनय गरिन् । तर, किशोरीका प्रेमी मण्डलको विरुद्धमा गाउँमा कसैले पनि बोल्न नमानेको उनको भनाइ छ । आर्थिक अवस्था निकै कमजोर रहेकी उनका पाँच छोरी छन् । दुई छोरीको विवाह भइसकेको छ ।

यता, धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले उजुरी गरिएपछि प्रक्रिया अगाडि बढ्ने बताए । उजुरी गरिएपछि मेडिकल उपचारपश्चात् प्रमाणित भए सँगै बस्ने वातावरण प्रहरीले मिलाउने उनको भनाइ छ ।

हाडनाता प्रमाणित गराउन उनले पीडितलाई सुझाए । घटनाबारे अनविज्ञता प्रकट गर्दै उनले स्थानीय प्रहरीसँग बुझ्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro