site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सरकार ! कि रोजगारी दे नभए सजिलै विदेश जाने व्यवस्था गर’
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
SkywellSkywell

काठमाडौं । वीरगञ्जबाट आएका धनञ्जय ठाकुर निराश देखिन्छन् । उनीसँग रहेको युनाइटेड अरब इमिरेट्स (यूएई)को भिसाको म्याद १५ दिन मात्र बाँकी छ । उता कम्पनीले छिटो आउन भनिरहेको छ । यताबाट उनी दुबईतर्फ प्रस्थान गर्न सकेका छैनन् । माइतीघर मण्डलामा विरोध र्‍यालीमा भेटिएका उनी भन्छन्, “गाउँबाट यहाँ आउँदा ६५ हजार खर्च भइसक्यो । खल्तीमा सुक्को छैन । कहिले जान पाउने हो टुङ्गो पनि छैन ।”

वैदेशिक रोजगारीका लागि आफ्नो देश आउने श्रमिकहरूका लागि यूएई सरकारले ४ घण्टाभित्र भएको र्‍यापिड पीसीआर टेस्ट गरेका रिपोर्ट अनिवार्य गरेपछि सयौँ श्रमिकहरू अलपत्र परेका छन् । उनीहरूले ‘सरकार कहाँ छ ? हामी दुबई फर्कन चाहन्छौँ ?’ जस्ता ‘प्लेकार्ड’ बोकेर माइतीघरमा प्रदर्शन थालेका छन् ।

गत सोमबार राति दुबई उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ठाकुर र्‍यापिड पीसीआर टेस्टविना जान नपाउने भएपछि एयरपोर्टमै अलपत्र परेका थिए । उनले हिमालयन एयरलाइन्सबाट चर्को मूल्यमा ५० हजारको टिकट काटेका थिए । 

Dabur Nepal
NIC Asia

यस्तै, पीडा छ, गीता पोखरेल शर्माको पनि । दुबई जान विमानस्थल पुगेकी उनी अचानक र्‍यापिड पीसीआर टेस्ट नभएर हवाईजहाज चढ्न नपाएपछि तनावमा छिन् । “म एकल महिला हो । सन्तान हेर्नुछ । कि त सरकारले रोजगारी देओस् कि त सजिलै विदेश जान पाउने व्यवस्था गराेस्,” आक्रोशित बनेकी उनले भनिन् ।

शर्माले पनि हिमालयन एयरलाइन्सबाटै ४८ हजारको टिकट काटेकी थिइन् । बुटवलदेखि आएकी उनी सरकारको ‘रवैया’प्रति आक्रोश पोख्छिन् । उनी भन्छिन्, “यस्तो लापारबाही किन गरेको ? हामीले पीसीआर टेस्ट गर्‍याैँ । आरडीटी भनेर केमएसीमा ७ सय तिरेर गर्न लगाए । तर त्यो टेस्टको काम नै रहेनछ ।” 

यता नेपाल एयरलाइन्सले पनि सोही टेस्ट १५ सय तिरेर गर्न लगाएको पीडितहरूको गुनासो छ । 

विमानस्थल राति ९ बजे पुगेपछि मात्र  श्रमिकहरूले र्‍यापिड पीसीआर टेस्ट आवश्यक पर्ने विषयमा थाहा पाएका थिए । त्यतिबेला नेपाल एयरलाइन्सका टिकट भएका केही श्रमिक बोर्डिङ पास लिएर भित्र प्रवेश गर्दै थिए भने अन्य लाइनमै थिए । राति केही श्रमिकले हिमालयन एयरलाइन्सले होटलमा राखे पनि धेरैजसो अलपत्र परे । 

शर्मा काठमाडौंको बसाइ लम्बिँदा कोरोनाको जोखिम झन् बढेको बताउँछिन् । “सरकारले बेवास्ता गर्दा विरोध र्‍याली निकाल्नु परेको छ । यही भिडमा कोरोना सर्ला कि भन्ने डर छ,” उनले भनिन् । शर्मासँग एक महिनाको मात्र भिसा बाँकी छ ।

यसबारेमा विमानस्थलका प्रवक्ता रिन्जी शेर्पासँग जिज्ञासा राख्दा उनले भने, “यूएईमा मागेको टेस्टको प्रकार आरडीटी होला भन्ठानेर त्यही गरिरहेको तर खासमा फरक खालको टेस्ट रहेछ । हाल परिसरभित्र त्यसप्रकारको उपकरण नभएकाले स्वास्थ्य मन्त्रालयलाई सोमबार नै निवेदन पठाएको छौँ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विमानस्थलमा उपकरण उपलब्ध गराउन अझै १० दिन लाग्ने बताएको छ । राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा. रुना झाले र्‍यापिड पीसीआर टेस्ट गर्ने एउटा उपकरण भएपनि त्यसले सम्पूर्ण श्रमिकलाई ४ घण्टाभित्र सेवा दिन नसक्ने बताइन् । “निजीसँग पनि त्यस्तो उपकरण छैन । यसका लागि अमेरिकाबाटै खरिद गर्नुपर्छ । हामीले सरकारलाई खबर गरिसकेका छौँ । १० दिनमा आउला कि !,” उनले भनिन् ।

तस्बिरहरू : हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu