site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
फुटबल टोलीको प्रशिक्षण आजदेखि 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि (बुधबार) पोखरामा सुरु हुँदै छ । खेलाडीहरुको १० दिनको विश्रामपछि प्रशिक्षण सुरु हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजदेखि पोखरा रंगशालामा टोलीको प्रशिक्षण सुरु हुने जनाएको छ । नेपाली टोलीका म्यानेजर मदुसुधन उपाध्यायले पोखरामा नेपाली टोलीले प्रशिक्षण गर्ने बताए ।

KFC Island Ad
NIC Asia

दुई खेलाडी चोटका कारण सहभागी नहुने भएका छन् । प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुँदा उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टोलीमा सामेल हुने एन्फाले जनाएको छ । गोलकिपर विशाल सुनार पनि पोखराको प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

साफ च्याम्पियनसिप र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ । साफ च्याम्पियनसिपअघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले आउँदो भदौ १७ र २० गते खेल खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु
किरणकुमार लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, अर्पण कार्की, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, मनीष डाँगी,  नवयुग श्रेष्ठ,  शिशिर लेखी, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, नितिन थापा, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, जर्जप्रिन्स कार्की, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, विक्रम लामा, सेसेहाङ आङदेम्बे र पुजन उपरकोटी ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro