काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीमा अब्दुल्लाह अलमुताइरीले मुख्य प्रशिक्षक सम्हालेको लामो समय भएको छैन । नेपाली फुटबलमा परिवर्तन ल्याउने उद्देश्यका साथ अलमुताइरीले प्रशिक्षकत्व सम्हाले । अलमुताइरीले प्रशिक्षकत्व सम्हालेको केही महिनापछि मात्र नेपाली टोलीले विश्वकप छनोट तथा एसिया कप छनोटका खेलहरू खेल्यो । नेपाली टोलीमा उनले परिवर्तन देखाए । नेपाल सुपर लिग र त्रिदेशीय फुटबल हेरेर उनले नेपाली टोली तयार पारेका थिए ।
त्यसपछि नेपाली टोलीमा युवा खेलाडीलाई अवसर दिँदै उनले टिम तयार पारे । अलमुताइरीले तयार पारेको टिमले नेपाली फुटबलमा नयाँ पन पनि देखायो । नेपाली टोलीले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका चार खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।
नेपाली टोलीमा आएका युवा खेलाडीले नयाँपनसँगै खेलमा उत्कृष्ट प्रदर्शन गरे । अझ मनिष डाँगीले एक गोल पनि गरे । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको डेब्यू गोल थियो । इराकसँगको प्रतिस्पर्धामा नेपालली फुटबल टोली इराकसँग ६–२ गोल अन्तरले पराजित भयो । नेपालको उक्त नतिजा निराशाजनक भए पनि खेलाडीको उत्कृष्ट प्रदर्शन र टिममा देखिएको अट्याकिङ फुटबलको विषय भने चर्चामा आयो ।
नेपालले त्यसपछि विश्वकप छनोटको खेलमा चाइनिज ताइपेइलाई हराउन सफल भयो । अट्याकिङ फुटबललाई महत्व दिँदै अलमुताइरीले खेलाडीलाई चाइनिज ताइपेइविरुद्ध मैदान उतारे । उनले युवा खेलाडी र पुराना खेलाडीको प्रदर्शनको हिसाब र टिमको आवश्यक्तालाई मध्यनजर गर्दै टिमलाई प्रस्तुत गरेका थिए । उक्त खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० गोल अन्तरले पराजित गर्यो ।
नेपाली टोलीको उक्त प्रदर्शबाट धेरै समर्थकले अलमुताइरीलाई धन्यवाद दियो । उक्त खेलको नतिजापछि प्रशिक्षक अल्मुताइरीले नेपालको प्रदर्शनमा नयाँपन र निखार आएको र नेपाली टोलीले योभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका थिए । उनले आफूले सोचे भन्दा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताएका थिए ।
“नेपाली खेलाडीले गोर्खालीको तागतका साथ खेल पस्के । म खेलाडीको प्रदर्शनबाट निकै खुसी छु । हाम्रो यो प्रदर्शन अहिलेका लागि मात्र होइन नेपाली खेलाडीको भविष्य र नेपाली फुटबलको भविष्य देख्ने अवसर पनि हो । हामीले अहिले जित हार जे भनेपनि नेपाली फुटबलमा भविष्य भने राम्रो देखेका छौँ,” प्रशिक्षक अलमुताइरीले भनेका थिए ।
अल्मुताइरीले अहिले नेपाली फुटबल टोलीका खेलाडीलाई साफ फुटबलका लागि प्रशिक्षण गराइरहेका छन् । उनले पहिलो चरणमा ५० जना खेलाडी बोलाएका थिए । त्यसपछि घटाएर ३६ खेलाडीलाई टिममा राखेका थिए । उक्त छनोटपछि नेपाली टोलीमा हाल केही नयाँपन ल्याउने उद्देश्यले खेल खेल्ने तरिकामा परिवर्तन ल्याउने उद्देश्य लिएका छन् ।
अलमुताइरीले बिहीबार मात्र फुटबल टोलीको आन्तरिक मैत्रीपूर्ण खेल खेलाए । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा डिफेन्डर अनन्त तामाङको टोलीलाई मिडफिल्डर विक्रम लामाको टोलीले ३–२ ले पराजित गरेको छ । प्रशिक्षक अलमुताइरीले हरेक साता एक राष्ट्रिय टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेल खेलाउनेछन् । जसमा राष्ट्रिय फुटबल टोलीका खेलाडीले प्रशिक्षकको भूमिका निभाउनेछन् ।
आफ्ना खेलाडीलाई रणनीतिक रूपमा तयार रहून् भन्ने लक्ष्यसहित टोलीको प्रशिक्षक बन्ने जिम्मेवारी दिँदै आएका छन् । बिहीबार भएको खेलमा अनन्त विक्रमको टोलीले खेलेका थिए । जसमा प्रशिक्षक अलमुताइरीले नयाँ डियुटीमा रहेका खेलाडीको उत्कृष्ट प्रदर्शन भएको बताएका थिए । उनले खेलाडीहरूमा पनि खेल रणनीति होस् भनेर टिमका सबै सदस्यलाई प्रशिक्षकको जिम्मेवारी दिएको बताए । यसरी टिम तयार भएको थियो ।
अलमुताइरीले विक्रम लामा र अनन्त तामाङलाई प्रशिक्षकको जिम्मेवारी दिएका थिए । मुख्य प्रशिक्षक अलमुताइरीले तामाङको टोलीबाट खेलेका थिए । प्रशिक्षक खेलाडी र अन्य टिम अफिसियललाई दुई टिममा विभाजन गरिएको थियो । जसमा पहिलो हाफ र दोस्रो हाफमा टिममा खेलाडी परिवर्तन गरिएका थिए ।
प्रशिक्षक अलमुताइरीले दुई खेलमा किरण चेम्जोङ र विकेश कुथुकोमा खेल खेलाएका थिए । जसमा दुई टोलीले ३–३ को बराबरी तथा अब्दुल्लाह अलमुताइरी र किरण श्रेष्ठको टोलीले १–१ को बराबरी खेलेका थिए ।