site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुजिता मृत्यु प्रकरण : दाइ नाता पर्ने पक्राउ

चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा उनको आफ्नै ठूलो बुबाको छोरालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले कार्यालयमा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएको हो  । 

मृतक सुजिताको पृष्ठभूमि लगायत अन्य गतिविधिको सुक्ष्म अनुसन्धान गर्ने क्रममा ठूलो बुबाको छोरा सचिन भनिने शुकदेव भण्डारीसँग अनैतिक सम्बन्धले घटना भएको  कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए । उनका अनुसार सुजिता पढ्नका लागि काठमाडौंमा ‘दिदीको घर जान्छु’ भनेर गएको र केही दिनपछि शुकदेवलाई अलग्गै कोठा खोज्न लगाई सँगै बसेको प्रहरीको दाबी छ । 

“सुजिता पढ्नका लागि काठमाडौं जाने योजना र शुकदेवसँग सँगै बस्ने योजना बनाएको देखिन्छ,” प्रहरी उपरीक्षक अधिकारीले भने । 

शारीरिक सम्बन्ध भएपछि नैतिक तथा सामाजिक डरले सुजिताले पटक–पटक बिहे गर्न दबाब दिँदै आएको र उनीहरूले विभिन्न विकल्प खोजेको प्रहरीको अनुसन्धानले देखाएको छ । “उनीहरूले कि विदेश गएर सँगै बस्ने या अपहरणको नाटक गरी कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको देखिएको छ,” अधिकारीले भने । 

दुईजनाबीच बिहेको बिषयमा विवाद हुँदा असार ९ गते सुजिताले ‘मर्छु’ भनेर घुर्की देखाएकाे र शुकदेवले जेसुकै गर भनेपछि उनीहरूबीच त्यो दिनबाट दोहोरो संवाद नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

काठमाडौंबाट प्रहरीले असार ७ गते साँझ शुकदेवलाई पक्राउ गरी थप अनुसन्धानको अघि बढाइएको जनाएको छ । चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

आत्महत्या दुरुत्साहन ठहर भएमा पाँच वर्ष कैद र ५० हजार रुपयाँ जरिबानाको व्यवस्था रहेको छ ।

शुकदेवविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी 
आफ्नी छोरी सुजितालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै सुजिताकी आमा अम्बिका भण्डारीले जाहेरी दिएकी छिन । जिल्ला प्रहरी कार्यालय चितवनमा उनले असार ६ गते शुकदेवको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro