site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा तीन महिनामा ४५ जनाले गरे आत्महत्या
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । चितवनमा चालु आर्थिक वर्षको निषेधाज्ञाको समयमा ४५ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएको वैशाख १६ देखि असार १८ गतेसम्म तीन महिनाको अवधिमा उक्त संख्यामा आत्महत्याको घटना भएको हो । तीमध्ये ३६ जनाको झुन्डिएर र नौजनाको विष सेवनबाट मृत्यु भएको जनाइएको छ ।

झुन्डिएर आत्महत्या गर्नेमा पुरुष बढी
निषेधाज्ञाको समयमा झुन्डिएर आत्महत्या गर्नेमा पुरुषको संख्या बढी छ । झुन्डिएर २२ र विष सेवनबाट तीन पुरुषको मृत्यु भएको छ । यस्तै, झुन्डिएर १२ र विष सेवनबाट ६ जना महिलाको मृत्यु भएको छ । यो अवधिमा एकजना बालक र एकजना बालिकाले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले पछिल्लो समय आत्महत्याका घटनामा परिवर्तन आएको बताए । “पहिले आत्महत्याको कारण गरिबी, मायाप्रेम, बिछोड हुन्थ्यो,” अधिकारीले भने, “अहिले मुख्य कारण सामाजिक सञ्जाल र दुर्व्यसनी भएको छ ।”

उनका अनुसार पुरुषहरु महिलाको तुलनामा बढी जिम्मेवार र दबाबमा पर्ने र दुर्व्यसनी तथा गम्भीर प्रकृतिका रोगको सिकार हुँदा आत्महत्याको घटना निम्तिने गरेको पाइएको छ । “सामाजिक सञ्जालमा हत्या, आत्महत्या, बलात्कारका विषयवस्तु बढी आउँदा यसले सचेतनाभन्दा यस्ता घटना गर्न/गराउन अभ्यस्त हुन बल पुग्यो,” उनले भने ।

Royal Enfield Island Ad

भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक होमनाथ अधिकारी आत्महत्याको मुख्य कारण आर्थिक समस्या नै भएको बताउँछन्  । "आत्महत्याको कारण उमेर समूहअनुसार फरक हुन्छ," उनले भने, "अधिकांश आत्महत्या आर्थिक र पारिवारिक समस्याले हुने गर्छ ।"

उनका अनुसार निषेधाज्ञाको समयमा आर्थिक समस्या बढ्नु, रोजगारी गुम्नु, विकल्प नपाउनु, ऋणको प्रेसर बढ्दै जानु, समाजमा कसैको सहयोग नपाउनुजस्ता कारणले पनि आत्महत्याको घटना बढेको छ । "युवाहरुमा आत्महत्या विशेषगरी बिछोड, कुलतबाट हुने गरेको छ," उनले भने, "विवाहित पुरुषको हकमा परिवारमा बढी जिम्मेवारी र व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्छन् ।"

फा्रन्सेली समाजशास्त्री इमाइल दुर्खिमको सिद्धान्तलाई व्याख्या गर्दै अधिकारीले भने, "विशेषगरी डिप्रेसन बढ्दै जाँदा एक्कासि मानिसले आत्महत्या गर्छ र आत्महत्यापछिको नतिजा उसले हेर्दैन पनि, मतलब गर्दैन पनि ।"

भरतपुर अस्पतालका मानसिक रोग विभागका चिकित्सक डा. सुनील शाह सामाजिक र आर्थिक समस्या आत्महत्याका सहयोगी कारण भए पनि मुख्य कारण भने डिप्रेसन नै भएको बताउँछन् । "धनी मान्छेले आत्महत्या गर्दैन र गरिब मान्छेले आत्महत्या गर्छ भन्ने बिल्कुल गलत हो," उनले भने, "मान्छे सुखीभन्दा पनि खुसी छ कि छैन भन्ने विषयले अर्थ राख्छ ।"

आत्महत्या विशेषगरी योजनाबद्ध तथा झोकमा गरिने मानिसको व्यवहार र आचरणमा भरपर्ने उनले बताए । आत्महत्या बढ्नुको कारण विशेषगरी दुर्व्यसनी, सचेतनाको कमी, सहयोग पाउने स्थान कतै नपाउनु र कतिपय घटना वंशाणुगत गुणसँग पनि सम्बन्धित हुने गरेको शाहले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro