काठमाडौं । बजार अनुगमनका क्रममा काठमाडौंका दुई दर्जनबढी पसलमा अखाद्य पदार्थ भेटिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको, अखाद्य पदार्थ मिसाइएको र गुणस्तरहीन सामग्री बेचेको पाइएको हो ।
। आइतबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गरिएको अनुगमनमा त्यस्तो पाइएको हो ।
अनुगमनमा क्रममा विभिन्न औषधि, खाद्य तथा किराना, माछा तथा मासु पसलेले गुणस्तरहीन सामग्री बेचेको पाइएको विभागले जानकारी दिएको हो ।
विभागका निर्देशक लक्ष्मण श्रेष्ठले दिएको जानकारी अनुसार आवश्यक फम्र्याट अनुसार सञ्चालन नगरिएकाले काठमाडौंको दुई ओटा औषधि पसल बन्द गरिएको छ । उक्त पसलमा ‘डीडीए’ फर्मयाट अनुसार औषधि पशलमा बिल छपाइ, नगरी व्यवसाय सञ्चालन गरेकोेले काठमाडौंस्थित सिनामंगलमा रहेको सहकार्य फर्मा र सिनामंगल मेडिकल हल बन्द गरिएको हो । साथै अनुगमन टोलीले व्यवसायीलाई २४ घन्टाभित्र औषधि व्यवस्था विभाग र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उपस्थिति हुन निर्देशनसमेत दिएको छ । त्यस्तै सहकार्य फर्मामा म्याद नाघेका केही औषधि फेला पारी नष्ट गरिएको छ ।
त्यस्तै सोही स्थानमा रहेको सफल मेडिकल सेन्टर, एन गंगा फार्म सिनामंल हेल्थ केयर लगायतका पसललार्ई व्यवसाय दर्ता नवीकरण नगरिएको, डीडीएको फम्र्याट अनुसार बिल छपाई व्यवस्था नगरिएको कैफियत फेला पारेको थियो ।
दिनरात फार्मेसी सिनामंगल लगायतका औषधि पसलहरुमा म्याद नाघेका ‘मेट फर्मेन्ट’, प्राचिन ‘गज वेन्डर’ लगायतका औष्धिहरू नष्ट गरिएको छ ।
त्यस्तै खाद्य किराना पशलमा अनुगमनको क्रममा म्याद नागेका, लेबल नभएका अखाद्य सामग्रीहरू भेटिएका छन् । अनुगमन टोलिले धुम्बाराही हाइटमा रहेको पूर्वेली खाद्यान्न स्टोर, अर्याल मिनीमार्ट, क्षितिज स्टोरमा म्याद नगेका, लेबल नभएका हर्लिक्स, बिस्कुट, कोक जस्ता सामाग्री फेलापारी नष्ट गरेको छ । त्यस्तै अन्य विभिन्न पसलहरूले मूल्यसुची नराखेको, खाद्य र अखाद्यसँगै राखेको फेलापरी आवश्यक सुझाव तथा निर्देशन दिइएको छ ।